* जीवन निजी सम्पति हुन सक्दैन, जुन सत्य आधुनिक जीवनको वास्तविक अनुभवबाट स्पष्ट हुन्छ । हेनरी जर्ज
* यौवन र सुन्दरतामा प्राय ज्ञानको अभाव हुन्छ । –होमर
* सुखद बाल्यपन दुखद जीवन सम्बन्धको तयारी हो । कोलेटी
* विपत्ति आएको बेलामा आफनो रक्षाको लागि मानिसले आफनो छिमेकी शत्रु नै भए पनि मेलमिलाप गर्नुपर्दछ । वेदव्यास
* शिक्षाले हामीले के गर्न सक्छौँ र के गर्न सक्दैनौँ भन्ने कुरा सिकाउछ । हेनरी फोर्ड
* शिक्षाले हाम्रो व्यत्तिगत स्वतन्त्रताको वृद्धि गर्छ । मोती निशानी