dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अरूको नाममा आइपिओ भर्नेलाई रोक्न छुट्टै सफ्टवेर विकास गरिँदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-05
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । डिम्याट खाता खोल्दा डिपीले आफ्ना ग्राहकको विवरण भर्नका लागि छुट्टै सफ्टवेर विकास गरिँदैछ । सफ्टवेयर विकासका लागि आवश्यक स्पेसिफिकेसन तयार गरेर बिडिङ प्रक्रियामा रहेको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले बताउनुभयो ।

स्पेसिफिकेसन तयार भएपछि डिपीहरू सिडिएससीसँग जोडिन्छन्। केन्द्रिकृत केवाइसी विवरण हुने भएपछि पटक(पटक केवाइसी फारम भर्नुपर्ने झन्झट पनि नरहने उहाँले भनाइ छ । साथै व्यक्तिको नागरिकतामा भएको फोटो र उपस्थित भएको व्यक्ति एउटै हो वा होइन भनेर छुट्याउन (आर्टिफिसियल इन्टेलिजेन्स) संयन्त्रको समेत सिस्टममा प्रयोग गर्ने तयारी रहेको आचार्यले बताउनुभयो ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार पुगेसम्म सबैलाई १० कित्ता सेयर दिनुपर्नेछ, नपुगेमा गोलाप्रथाबाट छनौट गर्नुपर्छ। १० कित्ताभन्दा धेरै पुग्ने भएमा सो अंकले भाग जाने सेयर संख्या सबैलाई दिनुपर्नेछ ।

छरिएको पुँजीलाई एकीकृत गर्ने र बाँडफाँडमा समानुपातिक सिद्धान्त कायम गर्ने निर्देशिकाको लक्ष्य हो। निर्देशिकाअनुसार धेरै व्यक्तिको नामबाट आवेदन दिँदा पुगेसम्म सबैलाई १०–१० कित्ता पर्छ भने नपुगेमा गोलाप्रथा गरेमा पनि कसै न कसैलाई पर्न सक्छ भन्ने मान्यता छ।

यही मान्यताले गर्दा पनि आइपिओको खेती फस्टाएको धितोपत्र बोर्डका अधिकारीहरू नै बताउँछन्।

आइपिओ पनि प्रिमियम रकम थपेर जारी गर्न पाइने व्यवस्था भएकाले अब अरूका नाममा खेती गर्नेको संख्यामा कमी आउने बोर्डको दावी छ।

हाल डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ हजार छ, तर आइपिओ भर्नेको संख्या भने १५ लाख हाराहारीमा मात्रै छ। यसको अर्थ पहिले नै खोलिएका धेरै डिम्याट खाता अहिले निष्क्रिय भइसके।

एक व्यक्तिले दुईभन्दा बढी यस्तो खाता खोल्न नपाइने व्यवस्था छ । करिब १ लाख ७० हजारले मात्रै दुई वटा खाता खोलेको सिडिएससीको तथ्यांक छ ।

स्रोत सेतोपाटी

Tags: DmatIPO
Previous Post

कोरोना भाइरसविरुद्धको खोप अस्ट्रेलिया पठाउन रोक

Next Post

मेलम्चीको पानि काठमाडौंमा

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.