काठमाडौँ । डाक्टर गोविन्द केसीले अवैध रूपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धनको प्रक्रिया तत्काल नरोके अनसन बस्ने घोषणा गर्नुभएको छ ।
एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम अवैध भएको भन्दै डाक्टर केसीले सो कदम नरोके आफू फेरि अनसन बस्ने चेतावनी दिनुभएको हो ।
बिहीबार प्र्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेको रत्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयु र बिपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोसिस गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उहाँको भनाइ छ ।