dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

पहिलो आरोहण अनुमति बहराइनी राजपरिवारका आरोही समूहलाई

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र १३, २०७७
in FEATURE, समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले आरोहण अनुमति प्राप्त गरेका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको पर्वतारोहण शाखाका मदन विमलीका अनुसार वसन्त यामको सगरमाथा आरोहणका लागि पहिलो आरोहण अनुमति बहराइनी राजपरिवारका सदस्यसहितको आरोही समूहलाई दिइएको हो ।

बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले जनाएको छ ।
सर्वोच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएको थियो । विभागका अनुसार बहराइनी आरोही समूह १६ जनाको भएकाले दुई समूह बनाएर अनुमति दिइएको छ ।

एक आरोही समूहमा बढीमा १५ सदस्य रहने प्रावधान छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ ।

कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ ।

कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको हो । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।

Source onlinekhabar

Tags: शेखमोहम्मद हमाद मोहम्मद%e0%a4%b6%e0%a5%87%e0%a4%96%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a4%a6-%e0%a4%b9%e0%a4%ae%e0%a4%be%e0%a4%aसगरमाथा%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4
Previous Post

उपत्यकामा वायु प्रदूषण बढ्यो सतर्कता अपनाऔँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Next Post

मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

Related Posts

समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२
समाचार

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२
FEATURE

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२
समाचार

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२
समाचार

नागरिकता विधेयक पारित

जेष्ठ २७, २०८२
FEATURE

सगरमाथा राष्ट्रिय निकुञ्जद्धारा १४ करोड बढि राजश्व संकलन

जेष्ठ २७, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!