काठमाण्डौ – अझै तीन दिन सम्म वायुमण्डल स्थिर रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गत शुक्रवार देखा परेको बाक्लो तुवाँलो हटाउन आवश्यक मौसमी प्रणाली नदेखिएकाले अझै तीन दिन प्रदूषण कायम रहने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
वायु प्रदूषण बढेसँगै सरकारले चैत्र २० गतेसम्म कालागि देशैभरका विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेको छ ।
अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको हावा स्वास्थ्यका लागि घातक रहेकाले अत्यावश्यकबाहेक घरबाट ननिस्कन र सावधानीका उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ ।