dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

काठमाडैँ प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गरिने

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-05
in समाचार
Share on FacebookShare on Twitter

काठमाण्डौ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति काठमाण्डौको बैठकले काठमाण्डौ जिल्ला प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ । जिल्ला प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने निर्णय गरेको हो ।

एन्टिजेनमा नेगेटिभ आएको तर कोरोनाको लक्षण भएका व्यक्तिको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गर्ने पनि बैठकले निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार काठमाण्डौ प्रवेश गर्ने नाकाहरू नागढुङ्गा, दक्षिणकाली, टोखालगायतका नाकामा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्ने छन् ।

भक्तपुरबाट आउने जगाती नाकामा पनि एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन जिल्ला तहमा समन्वय गर्ने भट्टले बताउनुभयो ।

यस्तै समितिको बैठकले सबै नगरपालिकामा रहेका आइसोलेशन केन्द्र र क्वारेण्टीन केन्द्रहरूलाई अद्यावधिक गर्न र नगरपालिकाहरूलाई आफ्नो नगरपालिका भित्र एकरएक वटा आइसोलेशन र क्वरेण्टीनको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई कोभिड–१९ खोप अभियानअन्तर्गत मिति २०७७ चैत्र २५ देखि १८ वर्ष उमेरदेखि ५९ वर्ष उमेर समूहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरू र काठमाण्डौ जिल्लाभित्रका विद्यालयहरूमा कार्यरत शिक्षकरशिक्षिकालगायत अन्य कर्मचारीलाई लगाउन सरोकारवाला निकायहरूले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै सार्वजनिक ठाउँमा गरिने कार्यक्रमहरू स्थगित गर्न र गर्नै परे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै समितिले मापदण्ड पालना नगर्नेलाई दण्डरजरिबाना गर्ने पनि निर्णय भएको छ । साथै आफ्नो क्षेत्रभित्र कोही सङ्क्रमित भएमा उसको कन्ट्याक्ट ट्रेसिङ गर्न पनि समितिले पालिकाहरूलाई अनुरोध गरेको छ ।

Previous Post

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

Next Post

७० अंक ल्याएमा लाइसेन्स लिन योग्य

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.