काठमाडौँ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन तीन सय दुई जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख १५ हजार ३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार एक सय ८७ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४३ लाख १४ हजार छ सय ३३ पुगेको छ ।
दुई करोड ८३ लाख ८१ हजार चार सय ९९ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५३ लाख १८ हजार एक सय जनाको उपचार जारी रहेकोमा चार हजार आठ सय ६१ जनाको अवस्था गम्भीर छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७१ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म भारतमा कोरोनाका कारण तीन लाख ७० हजार एक सय ६८ जनाको मृत्यु भइसकेको छ ।
एकै दिन ६५ हजार नौ सय ७३ जना नयाँ बिरामी थपिए । दोस्रो भेरियन्टबाट निक्कै प्रभावित बनेको भारतमा दैनिक सङ्क्रमण घट्दो क्रममा रहेको छ । जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ९४ लाख २४ हजार छ पुगेको छ ।
सङ्क्रमितमध्ये दुई करोड ८० लाख १५ हजार ४४ जना कोरोनामुक्त बनेका छन् । १० लाख ३८ हजार सात सय ९४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
दोस्रो भेरियन्टयता कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको भारतले पछिल्लो समय कोरोना नियन्त्रणमा सफलता हात पारिरहेको छ । दैनिक चार लाखसम्म सङ्क्रमित भेटिने गरेका थिए ।
कोरोनाबाट सबैभन्दा बढी छ हजार जनाको मृत्यु एकै दिन भएको थियो । तर नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या क्रमस घट्दै गइरहेको छ । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
ब्राजिलमा एकै दिन दुई हजार आठ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म चार लाख ८६ हजार तीन सय ५८ सङ्क्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ७५ हजार सात सय ७८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ७३ लाख ७६ हजार नौ सय ९८ पुगेको छ । एक करोड ५७ लाख ६१ हजार एक सय ७७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
११ लाख २९ हजार चार सय ६३ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । सङ्क्रमित सङ्ख्याको हिसाबले ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।
योसँगै विश्वमा हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३८ लाख नौ हजार नौ सय ५० पुगेको छ ।
एकै दिन तीन लाख ४४ हजार एक सय ७९ जना नयाँ बिरामी थपिएका छन् । विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड ६३ लाख ७७ हजार पाँच सय २३ पुगेको छ । सङ्क्रमितमध्ये १६ करोड तीन लाख ३५ हजार दुई सय पाँच जना उपचारपछि निको भएका छन् ।
एक करोड २२ लाख ३२ हजार तीन सय ६८ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८५ हजार चार सय ७१ जनाको अवस्था चिन्ताजनक छ । विश्वले पछिल्लो समय कोरोना नियन्त्रणमा केही सफलता प्राप्त गरिरहेको छ ।
source koshionline.com