काठमाडौँ । धादिङको मैदीमा मलामी गएका तीन युवालाई बूढीगण्डकी नदीले बगाएर वेपत्ता बनाएको छ ।
प्रहरीका अनुसार वेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ ठूलो चौरका २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् ।
मङ्गलबार मलामी गएका युवालाई नदीले वेपत्ता पारे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । यद्यपि खोजी कार्य जारी रहेको छ ।
गर्मी भएपछि नुहाउन नदीमा पसेका उनीहरु एकै पटक बगेर वेपत्ता भएको धादिङ प्रहरीका प्रवक्ता डीएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार नुहाउन नदीमा छिरेका चारमध्ये एक जना बाहिर निस्कन सफल भएका छन् ।
Source: Koshionline.com