dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘स्थानीय भाषा संरक्षण गर्ने हाम्रो उद्देश्य हो’ : अध्यक्ष निर्कुधन राई

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-06-10 - Updated on 2021-07-29
in समाचार
5
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रदेश १ का जिल्ला सोलुखुम्बू र खोटाङमा थुलुङ भाषाको पठनपाठन भइरहेको छ । २०७५ सालमा सुरु गरिएको भाषा कक्षा दुई जिल्लाका १५ वटा सामुदायिक विद्यालयमा तीन कक्षासम्म पठनपाठन भइरहेको छ ।

सोलुखुम्बू जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा १० वटा विद्यालय र खोटाङ जिल्लाका पाँच वटा विद्यालयमा थुलुङ भाषाको पठनपाठन भइरहेको थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई (थुलुङ) ले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार आगामी शैक्षिक सत्र २०७८–७९ मा सोलुखुम्बूको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाका तीन वटा विद्यालयमा पनि कक्षा सञ्चालन गर्ने योजना छ ।

स्थानीय भाषालाई संरक्षण गर्ने उद्देश्यले थुलुङ राई संस्कृति प्रतिष्ठानले थुलुङ भाषाको कक्षा सुरु गरेको हो ।

सामुदायिक विद्यालयको पाठ्यक्रममा स्थानीय भाषालाई समेट्न नेपाल सरकार तथा स्थानीय सरकारले बनाएको नीति तथा मापदण्ड अनुसार नै अभ्यास भएको अध्यक्ष राईको भनाइ छ ।

भाषालाई पाठ्यक्रमको रुपमा राखेर विद्यालयमा सञ्चालन गर्न सुरुआती अवस्थामा भने समस्या रहेको राई बताउँछन् ।

भाषा कक्षा सञ्चालन गर्नुपर्छ भनेर केही संस्था तथा व्यत्तिहरूले भने पनि व्यावहारिक रुपमा भने खासै सहयोगको भावना नदेखिएका कारण गाह्रो भएको राईले बताए ।

बजेट अभाव हुँदाहुँदै पनि चन्दाबाट रकम सङ्कलन गरी पहिलो वर्ष कक्षा १ का लागि पाठ्यक्रम तयार पारी पठनपाठन सुरु गरिएको थियो । दोस्रो वर्ष कक्षा २ र कक्षा ३ को पाठ्यक्रम निर्माणका लागि थुलुङ दूधकोसी गाउँपालिकाबाट १५ लाख रुपैयाँ प्राप्त भयो ।

अध्यक्ष राई भन्छन्, ‘कक्षा २ को पाठ्यक्रम निर्माणका लागि १० लाख र ३ कक्षाका लागि पाँच लाख रुपैयाँ पालिकाले आर्थिक सहयोग गरेको हो ।’

कक्षा ५ सम्म भाषा पढाउने उद्देश्यअनुरुप अहिले कक्षा ४ र ५ को पाठयक्रम निर्माण तथा लेखन कार्य कसरी गर्ने भन्ने विषयमा अभ्यास भइरहेको छ ।

गाउँसभाबाट विनियोजित रकमले शिक्षकलाई तलबको व्यवस्था गरिएको राईको भनाइ छ ।

स्थानीय भाषालाई संरक्षण गरी थुलुङ समुदायको पहिचानलाई कायम राख्दै पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले सामुदायिक विद्यालयहरूमा भाषा कक्षा सञ्चालन गरिएको वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्ली सोलुखुम्बूका प्रधानाध्यापक दिलकुमार राई (थुलुङ) ले बताए ।

उनले भाषा कक्षा सञ्चालन हुनु भनेको स्थानीय आवश्यकता र स्थानीय स्रोत सामग्रीलाई परिचालन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्नु बताए ।

मौखिक रुपमा बोलिने भाषा हराएर जाने र लिखित भएमा भाषालाई जीवित राख्न सकिने प्रधानाध्यापक राईको भनाइ छ ।

उनी भन्छन्, ‘विद्यार्थीहरू सानै उमेरका भएका कारण भाषाको महत्व थाहा नपाए पनि उनीहरूलाई भाषासम्बन्धी ज्ञान दिँदै जान सकेमा भविष्यमा उनीहरूले भाषाको महत्व बुझेर जगेर्ना गर्नतर्फ लाग्ने छन्
आधुनिकताले सबै कुरालाई आकर्षण गरिरहेको समयमा भाषा पनि लोप हुँदै गएको थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई बताउँछन् ।

आधुनिकतासँगै भाषा लोप भएर अबको २०–३० वर्षपछि ‘थुलुङ भाषा’ के हो भन्ने प्रश्न उठ्न सक्ने उनको भनाइ छ ।
‘मानव सभ्यतामा जब भाषा मर्छ, उक्त समुदायले विरासतको रुपमा आर्जन गरेका इतिहासका कुराहरू हरेक कुराको अस्तित्व हराएर जान्छ,’ अध्यक्ष राई भन्छन्, ‘पहिचान र अस्तित्व नै गुमेपछि मानिस अनि नाम मात्र रहेर के गर्ने ?’

पहिचान र इतिहासलाई संरक्षण गर्न पुर्खाहरूको सम्मान गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष राई बताउँछन् ।

आधुनिकताको नाममा संस्कार र संस्कृति बिर्संदै गएको युवापुस्तामा विदेशी भाषा जानेमा सबैथोक जानेको छु भन्ने अहम् थुलुङ समुदायमा पनि देखिएका कारण मातृभाषा जोगाउन चेतना कम पाइएको राईको गुनासो छ ।

राई भन्छन्, ‘अङ्ग्रेजी भाषा सिक्ने सिकाउने जमानामा स्थानीय भाषाको कक्षा किन सञ्चालन गर्नेे ? भन्ने प्रश्न पनि नआएको होइन, तर बुझ्नेले बुझेका छन् ।’

ओखलढुङ्गा जिल्लाको कुइविरमा भाषाको पठनपाठन हुँदै आएको भए पनि विद्यार्थी सङ्ख्या कम भएपछि पठनपाठन स्थगित गर्नुपरेको अध्यक्ष राईले बताए ।

कक्षा ३ सम्म पठनपाठन भइरहे पनि खर्च कसरी व्यवस्थापन गर्ने र कक्षा ४ र ५ को पुस्तक कसरी प्रकाशन गर्ने समस्या रहेको उनले बताए । आफ्नै समुदायले पनि सकारात्मक रूपमा नलिइदिँदा चुनौती थपिएको अध्यक्ष राई बताउँछन् ।

अहिले सञ्चालन गरिएको भाषा कक्षाले भावी पुस्तालाई आफ्नो संस्कार, संस्कृति साथै इतिहास बुझ्न टेवा पुर्‍याउने बताउँदै भाषा संरक्षणका लागि व्यक्तिले मात्र सम्भव नहुने भएकाले समुदाय सचेत रहनुपर्ने उनले बताए ।

Tags: थुलुङ भाषा%e0%a4%a5%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%99-%e0%a4%aभाषा संरक्षण%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%eस्थानीय भाषा%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af-%e
Previous Post

‘एक सातापछि पसल खोल्न पाइयो ‘

Next Post

बूढीगण्डकी नदीले बगाउँदा तीन युवा वेपत्ता

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.