dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेपाली काँग्रेस सङ्गठन विभाग सोलुखुम्बुले भव्यताका साथ रोपाईं उत्सव मनाउने

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-19
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेपाली काँग्रेस सङ्गठन विभाग सोलुखुम्बुले २२ औँ राष्ट्रिय धान दिवस अर्थात् रोपाईं उत्सव भव्यताका साथ मनाउने भएको छ । ‘माटो, पानी र मेहनत, देश बन्नेछ समुन्नत’ भन्ने नाराका साथ आगामी असार १५ गते नेचासल्यान गाउँपालिकामा भव्यताका साथ रोपाईं उत्सव मनाउन लागेको हो ।
रोपाईंको परम्परा जोगाउन, उत्पादित धान प्राकृतिक प्रकोप पीडितलाई सहयोग गर्न साथै एकता, सहयोग र संस्कृतिलाई जोड्ने उद्देश्यका साथ रोपाईं उत्सव मनाउन लागेको नेपाली काँग्रेस सङ्गठन विभाग प्रमुख चन्द्र आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा कृषक लगायत जिल्ला स्थित नेतृत्वहरूको सहभागितामा सामूहिक धान रोपाईं गरिने उहाँको भनाइ छ ।
यस्तै असार १५ विशेष दही चिउरा ग्रहण, रोपाइ गीत र पञ्चेबाजाका साथ परिश्रम, उत्पादन र शुद्धताको प्रतीकको रूपमा दही र चामलको टिका ग्रहण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यो पनि पढ्नुहोस् 
असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरूको महत्त्वपूर्ण पर्व हो । नेपालका किसान सङ्घ–सङ्गठनहरूले यसलाई किसान दिवसको रूपमा लामो समयदेखि मनाउँदै आएका छन् ।  १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रूपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा–परिचर्चा पाउने गरेको छ ।
धान एउटा यस्तो अचम्मको वनस्पति हो जुन पानीको अत्यन्त अभाव हुने मरुभूमिदेखि पानीले डुबेका सिमसार र समुन्द्र सतहदेखि ३ हजार मिटर उचाइको हिमालयको काखसम्म यसको खेती गरिन्छ । धान नेपाल र दक्षिण एसिया मात्र नभई पुरै एसिया महादेशको प्रमुख खाद्य वाली हो ।

विश्वको करिब ७ अरब जनसङ्ख्या मध्ये धानलाई आफ्नो मुख्य आहारका रूपमा प्रयोग गर्नेको सङ्ख्या ३ अरब बढी छ । विश्वभरिको खेतीयोग्य जमिनमध्ये करिब १४ करोड ६० लाख हेक्टर भूमिमा धान खेती गरिन्छ । जसमध्ये १० प्रतिशत जमिन अत्यन्त उर्वर रहेको छ । धान सम्बन्धी अध्ययनका अनुसार संसारभरमा गत वर्ष करिब ५३ करोड ५० लाख टन धान वार्षिक रूपमा उत्पादन भएको तथ्याङ्क प्रस्तुत गरिएको छ । संसारको कूल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एसियामा मात्र उत्पादन हुने गर्छ ।

यसलाई अझै बढी विश्लेषण गरेर हेर्ने हो भने यस मध्येको ५५ प्रतिशत धानको उत्पादन चीन र भारतका किसानहरूले मात्र गर्दछन् । एसिया बाहेक क्युबा, अमेरिका, अफ्रिका र युरोपका विभिन्न देशमा पनि धान खेती गरिन्छ । यो एसियाको मुख्य बाली हो ।

एसिया धानको भण्डार हो । भारत, थाइल्यान्ड र भियतनाम प्रमुख निर्यातकर्ता हुन् भने चीन, नाइजेरिया, मेक्सिको, हाइटि आयात गर्ने राष्ट्र हुन् । एसिया बाहिर जम्मा उत्पादनको ९ प्रतिशत मात्र उत्पादन गरिन्छ । अफ्रिकाका म्याडागास्कर तथा सहारा आसपासको क्षेत्रमा पनि मुख्य खाद्य वाली धान हो ।

उत्पादकत्वका हिसाबले प्रतिहेक्टर जमिन ३.७७ टन उत्पादन गरिन्छ भने सन् २०१४ को तथ्याङ्कमा त्यस वर्षका २ धान भित्राउने समयमा गरी जम्मा ४७ करोड मेट्रिक टन धान उत्पादन भएको थियो ।

उत्पादनको हिसाबमा धान मकैपछि विश्वको धेरै उत्पादन गरिने वाली मानिन्छ तर खाद्यान्नमा पहिलो । चीनमा मात्र २० करोड मेट्रिक टन धान उत्पादन हुन्छ । तर खेतीका हिसाबले भारतको बढी भूमिमा धान खेती गरिन्छ । औसतमा विश्वका मानिसहरू ५७.५ केजी धान उपभोग गर्दछन् ।

Tags: राष्ट्रिय धान दिवसरोपाईं
Previous Post

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

Next Post

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.