dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

उपसभामुख हटाउन सत्तारूढ दुई दलको अग्रसरतामा सांसदको हस्ताक्षर सङ्कलन

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-20
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पद अनुकूल आचरण नगरेको भन्दै सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले पदमुक्तको प्रस्ताव दर्ताका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । सत्तारूढ दुई दलको अग्रसरतामा सांसदको हस्ताक्षर सङ्कलन गरिएको हो ।

दुई दलले आफूबाहेक सरकारमा सहभागी र विपक्षमा रहेका दलका प्रतिनिधिसँग पनि छलफल गरेका छन् । अन्य दलको सकारात्मक सङ्केत भए पनि हस्ताक्षर भने गरिसकेका छैनन् । मङ्गलबार नै प्रस्ताव दर्ताको तयारी भए पनि सत्तारूढ दलभित्रको विमति र रानासमेत कार्यक्रमका सिलसिलामा विदेश रहेकाले अन्तिम समयमा रोकिएको छ ।

२०७९ माघ ७ गते उपसभामुख निर्वाचित रानाले २०७९ फागुनमा भिसा सहजीकरणका लागि नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र डेढ वर्षपछि बाहिर आएको थियो । २०८० साउनमा मात्र रानाको पत्र बाहिर आएको थियो । रानाको दल र संसद्सँग समेत सम्बन्धित नरहेका व्यक्तिको भिसा प्रक्रियाका लागि पदको दुरुपयोग भएको त्योबेला नेपाली कांग्रेसले विरोध गरेको थियो । पत्र लेखको अढाई वर्षपछि सोही प्रकरणलाई लिएर सत्ता साझेदार दलले पुनः आचरण अनुकूल काम नगरेकामा प्रस्ताव दर्ताको तयारी थालेका हुन् । यसअघि प्रस्तावको तयारी भए पनि संसद्को अङ्कगणितका कारण रोकिएको थियो ।

प्रस्तावको तयारी भए पनि राना भदौ ३० गते नै अमेरिका प्रस्थान गरेकाले देशबाहिर रहेको अवस्थामा प्रस्ताव दर्ता गर्दा नकारात्मक सन्देश जाने भन्दै अन्तिम समयमा रोकिएको थियो । तत्कालका लागि एक चौथाइ सदस्यको हस्ताक्षर पर्याप्त हुने भए पनि पारितका लागि तत्काल कायम सङ्ख्याको दुई तिहाइ आवश्यक पर्छ ।

कांग्रेस र एमाले दुवैले उपसभामुखको विषयमा अब खुला छलफल हुने बताएका छन ।

Previous Post

प्रतिनिधिसभाको बैठक बस्दै

Next Post

मानव अधिकार संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री कार्की

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.