dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने: उपमहासचिव ज्ञवाली

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-30
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पार्नुभएको छ ।

शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनको सन्दर्भमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकोले अब भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको बताउनुभएको हो ।

उहाँले राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचित वा मनोनित जुनसुकै पदमा भए पनि राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै सबै पदहरूबाट स्वतः मुक्त हुने कुरा उल्लेख भएको भन्दै ज्ञवालीले भण्डारीको पार्टी सदस्यता पनि सोही बेला नै निष्क्रिय भएको बताउनुभयो ।

ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो बेलामा बोल्ड लिडर आवश्यक पर्ने र त्यो केपी शर्मा ओली नै भएको दाबी गर्नुभयो । उहाँले ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने बताउनुभयो ।

ज्ञवालीका अनुसार आगामी असोज २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा २ हजार ३ सय ५० जना सहभागी हुनेछन् । यदि विधान महाधिवेशनमा कुनै कुरा टुङ्गोमा पुर्‍याउन मतदान गर्नुपर्ने स्थिति आएमा दशौँ महाधिवेशनमा भाग लिएका २ हजार ३३ जनाले मतदान गर्ने उनले जानकारी दिनुभयो ।

जनताको बहुदलीय जनवाद (जबज) को विकल्प एमालेले खोज्न थाल्यो भन्ने बुझ्दै नबुझि टिकाटिप्पणी भइरहेकोमा ज्ञवालीले आपत्ति जनाउनुभयो । उहाँले माक्र्सवाद–लेनिनवादलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने क्रममा यसको सृजनात्मक प्रयोगको रूपमा एमालेले जबज ल्याएको र नेपालको सन्दर्भमा माक्र्सवाद भनेकै जबज भएको स्पष्ट पार्नुभयो ।

ज्ञवालीले पाँचौँ महाधिवेशनमा कार्यक्रम भने पनि सिद्धान्तका आधारहरू रहेको, छैटौँ महाधिवेशनमा निर्देशक विचारको रूपमा सबै विचारहरूलाई मार्गदर्शन गरेको, सातौँमा त्यसैलाई निरन्तरता दिएको, आठौँमा मार्गदर्शक सिद्धान्त भनेको, नवौँमा २० वर्षको अभ्यासले जबज कसरी सही प्रमाणित भयो भन्ने विषयमा छलफल गरेको र दशौँमा त्यसलाई अझ माथि उठाएको बताए । यही कारण जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा थप पुष्टि गर्नुपर्ने उहाँको भनाइ छ ।

उनले यस महाधिवेशनमा जबजले सामन्तवादको अन्त्य गर्न, निरंकुश राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सामाजिक न्याय, समावेशीता र मौलिक अधिकारसहितको प्रणाली स्थापित गर्न, समाजवादउन्मुख संविधान निर्माण गर्न मार्गदर्शन गरेको विषयमा जोड दिइने बताउनुभयो ।

ज्ञवालीले जबजको यात्रा यहाँ मात्रै नरोकिने भन्दै अब समृद्धिको यात्रामा जानका लागि जबजलाई समयाअनुकूल विकास गर्नुपर्ने बताए । यस विकासको क्रममा लोकतान्त्रीकरणका कुराहरू पनि थप गर्न खोजिएको उनले जानकारी दिनुभयो ।

Tags: चौतारीज्ञवालीमहाधिवेशन
Previous Post

कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुने परियोजना सञ्चालन हुँदै

Next Post

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

Related Posts

समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19
समाचार

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19
समाचार

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18
समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11
समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03
समाचार

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

Discussion about this post

ताजा समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.