काठमाण्डौ – निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको छ । । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रीसरहको सुविधा दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य हुँदा २ वर्ष अर्थमन्त्री बनेका खतिवडा सांसदको पदावधि सकिएपछि पनि ६ महिनाका लागि अर्थमन्त्री हुनुभएको थियो । खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।