dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

रेमिट्यान्स सम्बन्धी नियममा परिवर्तन

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
अशोज ५, २०७७
in समाचार, समाज
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले विदेशबाट आफन्तलाई सिधै पैसा पठाउन मिल्ने गरी रेमिट्यान्स सम्बन्धी नियममा परिवर्तन गरेको छ । रेमिट्यान्स प्रदायक कम्पनी र बैंक तथा वित्तीय संस्थाले नेपालीहरु काम गरिरहेका देशका डिजिटल भुक्तानी सेवा प्रदायकहरुसँग मिलेर नेपालमा रकम भित्र्याउन सक्ने र ग्राहकलाई पनि डिजिटल माध्यममार्फत नै भुक्तानी गर्न पाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले सूचनामार्फत विदेशमा रहेका नेपालीले त्यहाँका विद्युतीय भुक्तानी सेवा प्रदायकसँग आबद्ध भएर सोझै नेपालका ई सेवा, खल्ती, आईएमई पे, लगायतका वालेट र अन्य डिजिटल भुक्तानी सेवा प्रदायकमा पैसा पठाउन सक्ने जनाएको हो ।

अब विदेशबाट आएको रेमिट्यान्स मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेटलगायतका माध्यममार्फत सिधै ग्राहकले भुक्तानी पाउने छन् ।

रेमिट्यान्स कम्पनीले डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफै उपस्थित हुन नसक्ने अवस्थामा वालेटमा पठाउने र तोकिएको सीमाभन्दा बढी भएको रकम प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनु पर्नेछ ।

यसका लागि राष्ट्र बैंकले रेमिट्यान्स सेवा प्रदायकलाई केही शर्त भने तोकेको छ । नेपालीले काम गर्ने देशबाट रकम भित्र्याउँदा रेमिट्यान्स कम्पनीले सम्बन्धित देशको डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध भएको हुनुपर्नेछ ।

अन्तरदेशीय कारोबारको लागि अपनाउनुपर्ने सुरक्षा व्यवस्था कडाइका साथ पालना गरेको हुनुपर्नेछ । यस्तै सुरक्षित रुपमा डिजिटल कारोबारको अभिलेख राखेको हुनुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिनुभयो।

Previous Post

२४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

आईपीएल क्रिकेटमा बैंगलोरको विजयी सुरु

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!