dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

रेमिट्यान्स सम्बन्धी नियममा परिवर्तन

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-09-21
in समाचार, समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले विदेशबाट आफन्तलाई सिधै पैसा पठाउन मिल्ने गरी रेमिट्यान्स सम्बन्धी नियममा परिवर्तन गरेको छ । रेमिट्यान्स प्रदायक कम्पनी र बैंक तथा वित्तीय संस्थाले नेपालीहरु काम गरिरहेका देशका डिजिटल भुक्तानी सेवा प्रदायकहरुसँग मिलेर नेपालमा रकम भित्र्याउन सक्ने र ग्राहकलाई पनि डिजिटल माध्यममार्फत नै भुक्तानी गर्न पाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले सूचनामार्फत विदेशमा रहेका नेपालीले त्यहाँका विद्युतीय भुक्तानी सेवा प्रदायकसँग आबद्ध भएर सोझै नेपालका ई सेवा, खल्ती, आईएमई पे, लगायतका वालेट र अन्य डिजिटल भुक्तानी सेवा प्रदायकमा पैसा पठाउन सक्ने जनाएको हो ।

अब विदेशबाट आएको रेमिट्यान्स मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेटलगायतका माध्यममार्फत सिधै ग्राहकले भुक्तानी पाउने छन् ।

रेमिट्यान्स कम्पनीले डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफै उपस्थित हुन नसक्ने अवस्थामा वालेटमा पठाउने र तोकिएको सीमाभन्दा बढी भएको रकम प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनु पर्नेछ ।

यसका लागि राष्ट्र बैंकले रेमिट्यान्स सेवा प्रदायकलाई केही शर्त भने तोकेको छ । नेपालीले काम गर्ने देशबाट रकम भित्र्याउँदा रेमिट्यान्स कम्पनीले सम्बन्धित देशको डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध भएको हुनुपर्नेछ ।

अन्तरदेशीय कारोबारको लागि अपनाउनुपर्ने सुरक्षा व्यवस्था कडाइका साथ पालना गरेको हुनुपर्नेछ । यस्तै सुरक्षित रुपमा डिजिटल कारोबारको अभिलेख राखेको हुनुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिनुभयो।

Previous Post

२४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

आईपीएल क्रिकेटमा बैंगलोरको विजयी सुरु

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.