dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
माघ ११, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहालका अनुसार म्यानपावर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो ।

उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना दिँदै माग सम्बाधेन नभए देश नै ठप्प पार्नसक्ने चेतावनी समेत का छन् । कोणसभालाई सम्बाधेन गर्दै विभिन्न पार्टी सम्बद्ध व्यवसायीका संघ संगठनका प्रतिनिधिले विभागमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । वैदेशिक रोजगार सुचना प्रणालीमा देखिएका अव्यवहारिक समस्या समाधान गर्नुपर्ने र घरेलु कामदार विदशे पठाउन र जिट्को अन्तरगत कामदार जापान पठाउनका लागि छुट्टा(छुट्टै इजाजतपत्र लिनु पर्ने व्यवस्था अन्त्य गर्नुपर्ने माग पनि संघले गरेको छ ।

समय(समयमा विभिन्न वहानामा ल्याइएको कार्यविधिहरुको पुनरावलोकन गरेर खारेज गर्न पनि संघले माग गरेको छ । मागपत्र प्रमाणीकरणलाई पारदर्शी र सहज बनाउनुपर्ने, नेपाली दूतावास नभएको मुलुकहरुमा मागपत्र प्रमाणीकरणको वैकल्पिक व्यवस्तथा गर्नुपर्ने, म्यानपावर कम्पनीको शाखा कार्यालय खोल्न पाउनुपर्ने, व्यवसायी कोष सञ्चलान गर्न पाउनुपर्ने, व्यवसाय गर्न नचाहने व्यवसायीको धरौटीलाई सहज रुपमा फिर्ता दिनुपर्ने लगायतका काम पनि संघले अघि सारेको छ ।

व्यवसायीले श्रमिकलाई विदेश पठाएबापत लिन पाउने सेवा शुल्क वृद्धि गर्नुपर्ने माग गरेका छन् । अहिले सरकारले मलेसियासहित खाडीका ६ वटा देशमा अधिकतम् १० हजार रुपैयाँ सेवा शुल्क तय गरेको छ । तर, व्यवसायीहरुले सेवा शुल्क बढाउनुपर्ने माग गरेका छन् ।

संघका महासचिव सुजित श्रेष्ठ कोभिड १९ को महामारीको कारणले विगत १० महिनादेखि अति प्रभावित क्षेत्रमा परेको वैदेशिक रोजगार व्यवसायलाई सुचारु गर्न व्यवसायीले जम्मा गरेको नगद धरौटीको रकमबाट सापटी स्वरुप चलाउन पाउनुपर्ने माग अघि सारिएको बताउनुहुन्छ ।

समाचार स्रोत अनलाइन खबर

Previous Post

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

Next Post

माघ २८ मा अझ ठूलो प्रदर्शन हुनेछ : प्रचण्ड

Related Posts

समाज

सोलु एफ एममा भएको आगलागी घटनाको छानबिन गर्न माग

फाल्गुन १७, २०७७
समाज

संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

फाल्गुन १५, २०७७
समाज

झापामा रबर उद्योगको स्थापना

फाल्गुन १५, २०७७
समाज

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

फाल्गुन १५, २०७७
समाज

आइपिओ नतिजा सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न पाइने

फाल्गुन १५, २०७७
समाज

आज सरस्वती पूजा ।

फाल्गुन ४, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सोलु एफ एममा भएको आगलागी घटनाको छानबिन गर्न माग

फाल्गुन १७, २०७७

कसैले हटाएमा आउँदाे चुनावमा दुई तिहाइ लिएर आउछु : प्रधानमन्त्री ओली

फाल्गुन १६, २०७७

संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

फाल्गुन १५, २०७७

झापामा रबर उद्योगको स्थापना

फाल्गुन १५, २०७७

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

फाल्गुन १५, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!