काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सोलु–काठमाडौं सम्पर्क मञ्चको २०७८ वैशाख ३ गते सम्पन्न पहिलो बैठकले कृष्ण गोपाल श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन गरेको छ ।
सचिवालयको उपाध्यक्षमा खड्ग नारायण कुलुङ, सचिव आङ बाबु राई, उप–सचिव सुजन बस्नेत र कोषाध्यक्षमा फुग्याल्जेन शेर्पालाई चयन गरेको छ ।
यस्तै बैठकले विभाग गठन, पालिका स्तरिय सम्पर्क मञ्चको संयोजक र सह–संयोजक तोक्दै सल्लाहकार कमिटि गठन गर्ने लगायतका ७ वटा निर्णय छलफल गरि पारित गरेको छ ।
प्रचार विभागको संयोजकमा केशर श्रेष्ठ र गार्डेन राईलाई सह संयोजकमा चयन गरिएको छ । यस्तै मिङ्मा तेञ्जि शेर्पालाई पर्यटन विभागको संयोजकमा र सुकमान तामाङलाई सह–संयोजक तोकीएको छ । शिक्षा र खेलकुद विभागको संयोजकमा राज कुमार श्रेष्ठ र सह–संयोजकमा डिका सुनुवार रहनुभएको छ ।
यस्तै विद्यार्थी विभागका संयोजक दिपेश श्रेष्ठ र नरेस रसाइली सह–संयोजक रहनुभएको छ । आर्थिक विभागमा रमिता केसीले संयोजकको जिम्मेवारी पाउनुभएको छ ।
यसैगरि खुम्बु पासाङ ल्हामु गाउँपालिका सम्पर्क मञ्च संयोजकमा पासाङ छिरिङ शेर्पालाई तोकिएको छ भने पेम्बा दोर्जी शेर्पा र लाक्पा सोनाम शेर्पालाई सह–संयोजक (सचिव)मा तोकिएको छ ।
यस्तै थुलङ दुधकोशी गाउँपालिका सम्पर्क मञ्चको संयोजकमा पूर्ण सुनुवार र विरुमान राई सह–संयोजकमा रहनुभएको छ भने कान्छामान कुलुङ र कुमार विकलाई महाकुलुङ गाउँपालिका सम्पर्क मञ्च संयोजक र सह–संयोजकमा तोकिएको छ ।
यस्तै गगन राई र बुद्धिराज राईलाई सोताङ गाउँपालिका सम्पर्क मञ्चको संयोजक र सह–संयोजकमा तोकिएको छ भने बुद्ध सिं तामाङ र उत्तम पराजुलीलाई सोलुदुधकुण्ड नगरपालिकाको सम्पर्क मञ्चको संयोजक र सह–संयोजक (सचिव) मा तोकिएको छ ।
लिला बहादुर बस्नेतलाई लिखु पिके गाउँपालिका संयोजकमा र किताब तामाङलाई माप्य दुधकोशी गापाको संयोजकमा तोकिएको छ । यस्तै राजेश भट्टराई नेचा सल्यान गाउँपालिकाको सम्पर्क मञ्चमा रहनुभएको छ ।
यसैगरि आजको बैठकले अर्जुन कार्कीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । यस्तै अन्य सल्लाहकार समिति सदस्यमा लाक्पा गेलु शेर्पा, हस्तमान राई, तुमबहादुर राई, आङ बाबु शेर्पालाई चयन गरिएको छ । सम्पर्क मञ्च सचिवालयका सचिव आङ बाबु राईका अनुसार सल्लाहकार समितिमा छुटेका अन्य सदस्यहरुलाई आवश्यकता अनुसार नाम थप गरिने छ ।
सोलु–काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज बच्चु नारायण श्रेष्ठले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै राजनीति प्राप्ति नभएर त्याग भएको उल्लेख गर्नुभयो । त्याग गर्न तयार रहनेले मात्र राजनीति गर्न सक्ने बताउनुहुँदै राजनीतिलाई व्यवसायको रुपमा नलिन समेत आग्रह गर्नुभयो ।
सोलु–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेश सम्पर्क कमिटिका सदस्य पवन (पल) राई, समाजसेवि तथा व्यवसायी ल्याक्पा गेलु शेर्पा, जिल्ला कमिटीका सदस्यहरु अर्जुन राई, दावा तामाङ, गोम राई, इन्द्र कुमार राई, अर्जुन कार्की, चन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।













Discussion about this post