dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

असोज १५ देखि खाडीका तीन देशमा नियमित उडान सञ्चालन मा हुने

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
अशोज ६, २०७७
in समाचार, समाज
Share on FacebookShare on Twitter

काठमाण्डौँ । सरकारले असोज १५ देखि खाडीका तीन देशमा नियमित उडान सञ्चालन गर्ने जनाएको छ । १ अक्टोबर देखि साउदी अरेबियाको रियाद, कतारको दोहा र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य रियाद, दोहा र कुवेतमा अब नियमित उडान हुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडीका देशबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो ।

यी देशबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ ।

उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ । थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एअरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एअरलाइन्सले उडान भर्नेछन् ।

कुवेतबाट जजिरा एअरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ ।

यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले यी देशमा नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।

Previous Post

प्रेरणा सबन्धि केही विद्धानहरुको भनाइहरु :

Next Post

अतिथि/पाहुना सम्बन्धि विद्धानहरुको भनाईहरु :

Related Posts

FEATURE

माघ २८ मा अझ ठूलो प्रदर्शन हुनेछ : प्रचण्ड

माघ १२, २०७७
FEATURE

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

माघ ११, २०७७
समाज

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७
FEATURE

दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन

माघ ३, २०७७
समाचार

शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना छ : कांग्रेस नेता रामचन्द्र पौडेल

माघ ३, २०७७
समाचार

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

माघ ३, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

माघ २८ मा अझ ठूलो प्रदर्शन हुनेछ : प्रचण्ड

माघ १२, २०७७

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

माघ ११, २०७७

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

माघ ९, २०७७

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!