काठमाडौँ । नेपाल चिकित्सक सङ्घले डाक्टर गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ ।
सङ्घले ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर संवाद सुरु गर्न अल्टिमेटम दिँदै सरकारले अटेरी गरेमा जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने संघले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।