काठमाडौँ । गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुगेको छ ।
देशभरका प्रयोगशालामा १३ हजार दुई सय ७९ नमुना परीक्षण गर्दा सात सय ३२ महिला र एक हजार तीन सय २७ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा एक हजार ६ सय ८० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७३ हजार २३ पुगेको छ ।