dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो भएकाले आफुले यस गितको लागि निकै नै मेहनत गरेको गायक जनम थुलुङले बताउनुभएको छ ।

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-09 - Updated on 2020-10-12
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौँ । आधुनिक गायन तथा थुलुङ भाषाका लोकप्रिय गायक जनम थुलुङले मातृभाषाको म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।
थुुलुङ भाषाको दोस्रो ‘माम पाप’ एल्बममा रहेका नौँ वटा गितहरु मध्ये ‘हाम बोमु झाम’ (के गर्न सकिन्छ) बोलको गितको म्यूजिक भिडियो व्यत्तिगत युट्व च्यानल मार्फत आज सार्वजनिक गर्नुभएको हो ।

थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो भएकाले आफुले यस गितको लागि निकै नै मेहनत गरेको गायक जनम थुलुङले बताउनुभएको छ ।

उहाँले यस गितबाट आम्दानि लिने सोच भन्दा पनि थुलुङ समुदायलाई जागरुक बनाउँदै संस्कारप्रति अग्रसर गराउने उद्धेश्य रहेको बताउनुभयो ।

गायक थुलुङले आफुले रचना गर्नुभएको गित मार्फत थुलुङ समुदायमा महत्वपूर्ण योगदान दिदै आएता पनि सम्बन्धित निकायमा रहेका सरोकारवाला व्यत्तिहरुको वेवास्ताका कारण थुलुङ समुदाय पछि पर्दै गएको दुखेसो गर्नुभयो । उहाँले अब युवा पुस्ताले अग्रजहरुसँग सिक्दै नगएमा मौलिकता हराएर जाने भन्दै अब संस्कार जोगाउनका लागि युवाको विशेष हात रहने उल्लेख गर्नुभयो ।

गितकार जसिहब थुलुङले थुलुङ जातिहरुको आफनो भाषा, संस्कार, संस्कृति र भेषभूषालाई जगेर्ना गर्नका लागि अब सबै थुलुङ एक भएर अघि बढ्नका लागि आग्रह गर्नुभएको छ । पछिल्लो समय आधुनिकतासँगै आफनो मौलिकता हराउँदै गएकाले चिन्ता व्यत्त गर्दै गित संगित मार्फत संस्कार जोगाउन सन्देश दिन खोजिएको पनि गितकार जसिहब थुलुङको भनाई छ ।

यस्तै खेलकुद साथै कला क्षेत्रमा अघि बढिरहेका मोडल किम हाङ थुलुङले यस म्यूजिक भिडियोले थुलुङ जातिहरुलाई मिठो सन्देश दिदै जागरुक हुनमा मद्धत पुर्याउने विश्वास व्यत्त गर्नुभयो । साथै मोडल शसि कला थुलुङले पनि यस गितमा अभिनय गर्दा आफुलाई आफनो भाषा र संस्कृतिप्रति अझ बढि मोह बढेको विचार व्यत्त गर्नुभयो ।

थुलुङहरुको आफनो संस्कार अनुसार छुट्टै नाच्ने तरिका भएकाले आफुले मेहनत गरेर कलाकारहरुमा निखारता ल्याउने प्रयास गरेको नृत्य निर्देशक ममता थुलुङले बताउनुभयो । आफुले मेहनत गरे अनुसार भिडियोमा देख्न सकिने भएकाले आफनो मेहनतप्रति सन्तुष्टि रहेको उहाँको भनाइ छ ।

गितकार जसिहब राई ‘खार्ल्युम्च्यो ले लेख्नुभएको शब्दलाई गायक जनम थुलुङको संगित रहेको छ भने रञ्जना थुलङ राई र जनम थुलुङको आवाज रहेको छ । उत्त गितमा किम हाङ राई, शसिकला राई साथै बालकलाकार हिमांशु राई र सैलबी राईको आकर्षक अभिनय रहेको छ ।
प्रवेश राईले खिच्नुभएको भिडियोलाई सुवास शाहले सम्पादन गर्नुभएको छ । भिडियोमा ममता थुलुङको नृत्य निर्देशन रहेको छ भने राजु कार्कीले ध्वनि सम्पादन गर्नुभएको हो ।

(भिडियो)
https://www.youtube.com/watch?v=ZgzWW4MpCZg&feature=youtu.be&fbclid=IwAR2d-SzWVhMBtjK70TaTUwT2IQ0bmtY1meZotsO5-FcfeWUWR1WJSupFmY4

Previous Post

देशअनुसार दशैंको टीका लगाउने उत्तम साइत तयार

Next Post

नेपालमा एक लाख भन्दा बढिमा कोरोना सङ्क्रमण

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.