काठमाण्डौँ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्डलाई पालना गर्दैै शुक्रबार (आज) देखि सिनेमा हल खुल्ने भएका छन् ।
हलमा छिर्ने बेला भीडभाड कम गराउने, स्यानिटाइजरको प्रयोग गराउने, अनिवार्य माक्स लगाएर हलभित्र जाने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गर्ने तयारी रहेको छ ।
नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार चलचित्र संघको निगरानीमा स्वास्थ्य मापदण्ड पालन भए नभएको पनि अनुगमन गरिनेछ ।
हलको पूरा टिकटमध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने, अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने, ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हलभित्र प्रवेश गराउने पनि चलचित्र संघका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।