dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मिस टिन ‘प्रतिभा रानी’ को म्यूजिक भिडियोमा डेब्यू

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-12-07 - Updated on 2020-12-08
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौँ । मिस टिन २०१९ को विजेता प्रतिभा ‘रानी’ राईले म्यूजिक भिडियोमा डेब्यू गरेकी छिन् ।

केशव गिरीको निर्माणमा भरतबहादुर भण्डारी ‘सोझो गाउँले’ले लेख्नुभएको सुदुर पश्चिमेली गीत ‘बालो जोवन’ को म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् ।

उनको साथमा प्रिन्सेस अफ दी यूनिभर्स २०१७ की विजेता रक्षा थापा, जीवन जंग थापा र राजु गिरीले अभिनय गरेका छन् ।

अनु चौधरी र विष्णु भट्टको आवाज रहेको गीतमा बालापनदेखिकोे मायालाई प्रगाढ बनाउँदै मायामा सफल भएको कुरा सो गीतको कथा मार्फत प्रस्तुत गरिएको गीतकार सोझो गाउँलेको भनाइ छ ।

याम गुरुङको निर्देशनमा भिडियोलाई महेस महराले खिचेका छन् ।

सुदुर पश्चिमेली लवजमा तयार गरिएको गीत ‘बालो जोवन’ म्यूजिक भिडियोको छायांकन कार्य सकिएको साथै दर्शकसामु ल्याउने तयारीमा रहेको निर्माता केशव गिरीले बताएका छन् ।

शिक्षा क्षेत्रमा लामो सयमदेखि कार्यरत केशव गिरी गीत संगीतको क्षेत्रमा समेत चासो भएको कारण आफुले पहिलो पटक म्यूजिक भिडियो निर्माण गरेको बताएका छन् ।
साथै गीतको शब्द र अभिनय मनछुने किसीमको भएको कारण लाखौँ श्रोता तथा दर्शकहरुले मन पराउने आशा राखेका छन् ।

यस्तै कलाकार नयाँ भए पनि अभिनयले लाखौँ श्रोताको मन जित्न सक्ने भन्दै लगानी सुरक्षित रहने पनि गिरीले विश्वास समेत लिएका छन् ।

यस म्यूजिक भिडियोबाट डेब्यू गरेकी प्रतिभा रानी राईले आफूले राम्रो अभिनय गर्ने प्रयास गरेको बताएकी छिन् । पहिलो म्यूजिक भिडियो भएको कारण आफू उत्साहित हुनुको साथै दर्शक श्रोताको कस्तो प्रतिक्रिया आउँछ भनेर पर्खाइमा रहेको बताउँछिन ।

साथै यस अघि विभिन्न गीत तथा नाटकमा समेत अभिनय गरिसकेकी रक्षा थापाले हरेक प्रोजेक्टमा काम गर्दा नयाँ अनुभव लिएको साथै नयाँ कुरा सिक्न सकिने बताइन ।

निर्माता केशव गिरीका अनुसार ‘बालो जोवन’ प्रतिभा रानी राईको डेब्यू भिडियो हो भने रक्षा थापाको चौथो म्यूजिक भिडियो हो । साथै राजु गिरीले समेत यसै गीतबाट डेब्यू गरेका हुन् ।

Previous Post

मनोज गजुरेलले दिए दोस्रो विवाह गर्ने संकेत

Next Post

२४ घण्टामा १०१४ जनामा काेराेना सङ्क्रमण

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.