काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार दुई सय २० जनाको परीक्षण गर्दा एक हजार १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय २८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १२ हजार नाँ सय ४८ रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय १४ पुगेको छ ।