dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

किन्ने मान्छे नभएर तरकारी कुहिरा’छ…

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-05-09
in FEATURE, समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । गतहप्ताको तुलनामा यो हप्ता काठमाडौँ उपत्यकामा तरकारीको मूल्य घटेको छ ।

उपभोक्ताको सङ्ख्या घटेसँगै तरकारीजन्य सामानको मूल्यमा तीव्र गिरावट आएको हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले निषेधाज्ञा जारी गरेसँगै उपत्यका छाडेर गाउँ फर्किनेको सङ्ख्या अधिक भएकाले उपत्यकामा उपभोक्ता घटेका हुन् ।

उपत्यकाका व्यापारीहरूका अनुसार यतिबेला तरकारी किन्न आउने मानिस एकदमै कम छन् । प्रायः मानिस गाउँ फर्किसके, यतै भएका पनि कोरोना त्रासका कारण तरकारी किन्न आउँदैनन् ।

दिनैपिच्छे तरकारी किन्न निस्किँदा कोरोना जोखिम हुने भएपछि अहिले धेरैले दलहन, गेडागुडी किनेर स्टक गरेका छन् । हरियो तरकारी पनि केही दिनलाई पुग्ने गरी किनेर स्टक गरिएका कारण तरकारी बजार–पसलसम्म पुगेर तरकारी किन्नेको सङ्ख्या न्यून छ ।

आइतबार काठमाडौँको कपनस्थित तरकारी बजारमा गरिएको स्थलगत रिपोर्टिङ क्रममा एक सातामै तरकारीको भाउ ५० देखि ६० प्रतिशतसम्म घटेको पाइयो । गतसातासम्म सय रुपैयाँ किलोमा पाउने काउली अहिले ६० देखि ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकिलो एक सय २० रुपैयाँ पर्ने बन्दा ५०, ९०–सय रुपैयाँमा किनबेच भइरहेको गोलभेँडा ४० रुपैयाँ, ६० रुपैयाँको सिमला मिर्च ३० रुपैयाँ पुगेको छ ।
यसैगरी ६० रुपैयाँ प्रतिपाउ रहेको लसुन अहिले ५० रुपैयाँमा झरेको छ । प्रतिकिलो दुई सय ५० रहेको सिमी–बोडी अहिले सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् ।

यस्तै प्रतिकिलो ७० देखि १२० सम्म पाउने फर्सी अहिले ५० रुपैयाँ, ४० रुपैयाँ पाउको खुर्सानी ३० रुपैयाँ र प्रतिकिलो ६० रुपैयाँ पर्ने अदुवा अहिले ४० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै प्रतिकिलो एक सय ३० रुपैयाँको गाँजर र मूला अहिले ५० रुपैयाँ पुगेको छ ।

‘मान्छे नै छैनन् । मान्छे टन्न भए पो… अहिले त खाने मान्छे नै छैनन् । पहिला व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो लकडाउनले खत्तम,’ तरकारी व्यापारी दिल बहादुर भूजेल भन्छन्, ‘खाने मान्छै गाउँ गै’हाले । पहिला दिनमा १० हजारसम्मको व्यापार हुन्थ्यो, अहिले दुई हजार पनि बल्ल बल्ल… हाहाहा’
यस्तै अर्का तरकारी व्यापारी भुवन ओझा भन्छन्, ‘के गर्नु हौ खै, तरकारीको भाउ घटे नि बढे नि व्यापार भा’छैन । जनता सबै गाउँ गए । किन्ने मान्छे नभएर तरकारी कुहिरा’छ । घटे नि गाह्रो, बढे नि गाह्रो ।’

तरकारीको मूल्य घटेर व्यापारीको पीडा एकापट्टि छ भने ग्राहकलाई भने राहत मिलेको छ । अन्य समयमा तरकारी महँगो भयो भनेर गुनासो गर्दै फर्कने ग्राहक अहिले राहत मिलेको बताउँछन् ।

तरकारी किन्न आएकी ग्राहक सविना खड्का भन्छिन्, ‘पहिला त्यही तरकारी महँगो पैसा तिरेर किन्नुपर्ने बाध्यता थियो भने अहिले आधा कम मूल्यमा किन्न पाउँदा लोभ लाग्छ नि…’
उनी भन्छिन्, ‘राम…राम अस्ति यही तरकारीको भाउ किनिनसक्नु थियो । अहिले जता जाँदा नि सस्तो भाउमा किन्न पाउँदा खुसी नै लाग्दोर’छ । पहिला एक किलो आउने पैसामा अहिले डबल पाउँदा के खोज्नु ?’

हरियो तरकारी भएकाले लामो समयसम्म नरहने भएका कारण उचित समयमा सबै सामान बेच्नुपर्ने स्थिति भएकाले पनि तरकारीको मूल्य कम हुन गएको तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

अहिलेको समयमा मानिसले घरमा स्टकमा अन्य तरकारी राखेका छन् । अर्को कुरा पहिले पूरै दिन तरकारी बेचबिखन हुन्थ्यो भने अहिले बिहान १० बजेसम्म सीमित भएकाले खपत कम हुँदै गएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

यसैगरी आज (वैशाख २१) को कालिमाटीको तरकारीको भाउ हेर्ने हो भने लोकल गाँजर प्रतिकिलो ५० तोकिएको छ । यस्तै टनेलको गोलभेडा प्रतिकिलो १०, घिरौँला २५, स्थानीय काउली २५, लोकल काँक्रो ४०, कुरिलो पाँच सय, हरियो अकबरे खुर्सानी एक सय ५०, सुकेको खुर्सानी तीन सय २० रुपैयाँ तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजारको वेबसाइटमा उल्लेख छ ।

यसैगरी उपत्यकाका अन्य भित्री बस्तीहरूमा पनि तरकारीको भाउ घटेको छ । व्यापारीहरूले सबैखाले तरकारी ४० रुपैयाँ किलो, डेढ किलोको सय रुपैयाँ, सयको दुई किलो जस्ता अफर पनि ल्याएका छन्

Tags: कालिमाटी फलफूल तथा तरकारी%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%9f%e0%a5%80-%e0%a4%ab%e0%a4%b2%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%कोरोना%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8bतरकारी%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be
Previous Post

कोरोनाबाट विश्वका विभिन्न मुलुकमा तीन सय ८४ जना नेपाली नागरिकको मृत्यु

Next Post

सोलुखुम्बूमा १० महिनामा ८० जनाले गराए गर्भपतन

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.