dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

कोरोनाबाट विश्वका विभिन्न मुलुकमा तीन सय ८४ जना नेपाली नागरिकको मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
बैशाख २२, २०७८
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । कोरोना भाइरसबाट सङ्क्रमित बनेका मध्ये तीन सय ८४ जना नेपाली नागरिकको विश्वका विभिन्न मुलुकमा मृत्यु भएको छ ।

वैदेशिक रोजगारी, अध्ययनदेखि लिएर विभिन्न कामका सिलसिलामा विदेशमा रहेका चार हजार चार सय ९८ जना नेपालीमा अहिलेसम्म सङ्क्रमण पुष्टि भइसकेको छ ।

अहिलेसम्म भारतसहित विश्वका २१ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । सबैभन्दा बढी साउदी अरबमा ९० जना नेपाली नागरिकको मृत्यु भएको छ । त्यस्तै, बेलायतमा ८७ जना, भारतमा ७१, यूएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु भएको हो ।

अमेरिकामा १८, पोर्चुगलमा चार, मलेसियामा तीन, बहराइनमा तीन र दक्षिण अफ्रिकामा दुई जनाको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

जर्मनी, आयरल्यान्ड, लक्जमबर्ग, स्विडेन, नेदरल्यान्ड, टर्की, केन्या, अल्जेरिया, युगान्डा, इजरायल, यमन, जापान र क्यानडामा एक–एक नेपालीको मृत्यु भएको छ ।

भारतमा दुई सातामा ३० नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । अहिलेसम्म भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । तीन हजार अहिले पनि उपचाररत छन् ।

एनआरएनको स्वास्थ्य समितिका अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८३ जना नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ ।

source: Koshionline

Tags: कोरोना भाइरस%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%ad%e
Previous Post

काठमाडौँ उपत्यकाका सडक अहिले सुनसान

Next Post

किन्ने मान्छे नभएर तरकारी कुहिरा’छ…

Related Posts

समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२
समाचार

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२
समाचार

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२
समाचार

रक्षा मन्त्री राईद्धारा सोलुखुम्बुको लागि एक अर्ब बढी बजेट विनियोजन

असार ११, २०८२
समाचार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

असार १०, २०८२
समाचार

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०८२ पारित गरिने

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!