dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

काठमाडौँ उपत्यकाका सडक अहिले सुनसान

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-30
in FEATURE, हिँडदाहिँड्दै
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । अन्य समयमा खचाखच गाडीको लस्कर अनि मान्छेको भिडले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले सुनसान जस्तै छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको निषेधाज्ञापछि सडक सुनसान बनेका हुन् ।

अन्य समयमा मानिसको भिडले भरिने पार्क, होटेल, पसलका गेट बन्द छन् । बाइक अनि ट्याक्सी पार्किङ गरेर राखिएका छन् । मानिसको आवतजावतले ठेलमठेल हुने बाटोहरू पूरै खाली छन् ।

अत्यावश्यक कामका लागि निस्किने फाट्टफुट्ट गाडी र केही बाइक भने सडकमा देखिएका छन् । चोकचोकमा ट्राफिक प्रहरीले कडाइका साथ निगरानी गरिरहेका छन् ।

अन्य समयमा डिस्टर्ब नै हुने गरी गाडीको आवाज सुनिने सडकमा प्रहरीको गाडीको आवाज मात्र बेलाबेलामा सुनिन्छ ।

अन्य समयमा जोडले बोल्दा बल्ल सुनिने सडकमा सानो स्वरले बोल्दा पनि टाढैबाट सुनिन्छ । अन्य समयमा गाडीको आवाज मात्र सुनिने काठमाडौँमा चराहरूको चिरबिर प्रष्टै सुनिन्छ ।

निषेधाज्ञाको समाचार आएपछि काठमाडौँबाट सोमबार र मंगलबार दुई दिनमा मात्रै करिब १२ लाख मानिस गाउँ फर्किए ।

काठमाडौँमै रहनेहरू ओल्लो कोठा र पल्लो कोठाका एकअर्कामा कुरा गर्दै समय बिताइरहेका छन् । बाहिर के हुँदै छ भनेर झ्यालबाट टाउको निकालेर यता र उता चिहाउँदै गरेको देखिन्छ कतिलाई ।

कोही बाल्कोनीमा निस्केर गफिँदै गरेको देखिन्छ । काम गर्ने बानी, समय कटाउन गाह्रो भयो भन्दै कोही आफ्नै घरमा तल र माथि ओहोरदोहोर पनि गरिरहेका छन् ।

कोही मोबाइलमा गेम खेलेर समय बिताइरहेका छन् भने कोही भिडियो च्याटमा काठमाडौँका सुनसान बस्ती देखाउन व्यस्त देखिन्छन् ।

माथ्लो घरको झ्यालबाट तल्लो घरका मानिससँग कुराकानी भइरहेको छ । यसअघि घरकै पल्लो कोठाका मानिससँग कुरा गर्न पुर्सद नहुनेहरू अहिले नजिकैको घरका मानिससँग गफिइरहेका छन् ।

कतिपय नुहाइधुवाइ अनि घरको सरसफाइमा जुटिरहेका छन् । साना केटाकेटीहरू टिभीमा झुम्मिएका छन् । युवायुवती टिकटक बनाउँदै रमाइरहेका छन् । कोही अल्छी मानेर हाई कार्दै बसेका छन् ।

काठमाडौँका सडकहरू सुनसान देखिए पनि आकासमा भने हवाइजहाजको आवाज प्रस्ट सुनिन्छ । निषेधाज्ञामा हवाई उडान बन्द नगरेका कारण हवाइजहाजको आवाजले सुनसान काठमाडौँ सहरलाई बेलाबेलामा डिस्टर्ब गरिरहेको छ ।

सार्वजनिक यातायात बन्द गरिए पनि परिचय पत्र भिरेर अफिस जाने आउनेहरू भने बाटोमा फाट्टफुट देखिन्छन् । अनि अन्य ढुवानीका लागि सञ्चालित गाडीहरू पनि खाली सडकमा निस्फिक्री चलिरहेकै छन् ।

मानिस स्वतन्त्र रूपमा निस्फिक्री हिँड्न र काम गर्न रुचाउने भएका कारण कतिपयलाई घरमा मात्र बस्दा उकुसमुकुस ‘फिल’ भइरहेको छ । कतिपय एकैछिन त हो भन्दै बाहिर निस्केर हिँहिरहेका छन् ।

प्रहरी भ्यानको आवाज सुनेपछि मात्र दौडेर घरभित्र पसेको दृश्य पनि देखिन्छ । कतिपयले आधा मात्र पसल खोलेर सामानहरू किनबेच गरिरहेका पनि छन् ।

यातायात बन्द गरिएका कारण कतिपय नागरिक आक्रोशित पनि छन् भने कतिपयले सकारात्मक रुपमै लिइरहेका छन् ।

कतिपय भन्छन्, ‘सरकारले समयमा केही गर्न सक्दैन, जब सङ्कट आइपर्छ, अनि जनतालाई हैरानी दिने काम गर्छ । जताबाट पनि जनतालाई नै दुःख दिने काम हो ।’

पछिल्लो समय उपत्यकामा सङ्क्रमितहरू दिनानुदिन थपिँदै गएका छन् । हरेक समय मास्कको प्रयोग गर्नुका साथै सरसफाइमा विशेष ध्यान दिन डाक्टरहरूले सुझाव दिइरहेका छन् ।

सरकारले अपनाएको यो विधिलाई सकारात्मक रुपमा लिएर सबैजना घर घरमा रहेर सिर्जनात्मक कार्यमा व्यस्त रहँदै आफू अनि आफ्नो परिवारका सदस्यलाई कोरोनाबाट जोगाऔँ अनि जोगिऔँ ।

Tags: lockdownकाठमाडौँ उपत्यका%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%89%e0%a4%aसार्वजनिक यातायात%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%af%e0%a
Previous Post

कर्णाली सरकारले कोरोना नियन्त्रणका लागि छुट्यायो एक अर्ब

Next Post

कोरोनाबाट विश्वका विभिन्न मुलुकमा तीन सय ८४ जना नेपाली नागरिकको मृत्यु

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

2025-06-29
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

2025-06-26
FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

2023-12-14
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

2022-11-09
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

2022-10-10

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.