dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

Dudhkoshi Online by Dudhkoshi Online
2022-10-10
in FEATURE, हिँडदाहिँड्दै
Share on FacebookShare on Twitter

को जित्छ होला है यो’पालि….
फलानो भन्दा ढीस्कानो बलियो उमेद्धार हो रे नि त…
त्यही जित्छ होला है…
खै को जित्छ जित्छ….पैसा निकै हुनुपर्ने र‘छ जित्नलाई
जसले पैसा धेर खर्च गर्छ उही जित्ला नि….
अहिले चियागफ अनि साथीभाइ एकअर्कामा भेटघाटमा यस्तै गफ सुनिन्छ ।
बाटो, होटल अनि पसलमा गर्ने गफहरु फेरिएको छ ।

चियागफ देखि फोनमा समेत चुनावी कुरा ।

युवादेखि बृद्धवृद्धा सबैलाई चुनाव लागेको छ ।

कोजाग्रत पूर्णिमाको दिनदेखि दशैँलाई बिदा गरेर चुनावी लहरलाई स्वागत गर्ने तयारीमा देखिन्छन मानिसहरु । दशैँ मनाएको गफ आनन्दले साटासाट गर्न नपाउँदै चुनावी गफ गर्नमा व्यस्त देखिन्छन ।
सदरमुकाम सल्लेरीका होटल, पसल अनि रोडहरु चुनावी गफले व्यस्त देखिन्छन । सल्लेरीका मुख्य चोकहरु जेरो पोइन्ट, नयाँ बजार, सेन्चुरी बैँक आसपास, तीनकुने, आवाडाँडा लगायतका क्षेत्रमा आ आफनो झुण्डमा हात बाँधेर चुनावी गफ गर्नेहरु टन्नै देखिन्छन ।

राजनीतिक दलदेखि आम नागरिक खुलेरै चुनावको कुरा गरीरहेको सुन्न पाइएको छ । कार्यकर्ताहरु यताबाट उता, उताबाट यता ओहोरदोहोर गरिरहेको देखिन्छन ।
अन्य समयमा जिल्लामा प्रशासनिक साथै बैँकको कामदेखि व्यत्तिगत काम लिएर आम नागरिक मात्र हिँडेको देखिने सल्लेरीका सडकमा अहिले केही नयाँ अनुहारहरु देखिन थालिएका छन ।
ती नयाँ अनुहारहरु विभिन्न पार्टिका कार्यकर्ताहरु हुन भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

सोलुखुम्बु जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रकासकुमार अधिकारीले भन्नुभएको छ, ‘इलेक्सन, सेलेक्सन र इक्ज्यामीनेसन’ यी तीन कुरा गर्दा बौद्धिकतापूर्ण काम गर्नुपर्दछ ।
त्यसो त अहिले हामी इलेक्सनको संघारमा छौँ । अब बौद्धिकपूर्ण काम गर्ने समय आएको छ । मुलुकलाई परिवर्तन गर्ने एक बलियो अनि द्रुत माध्यम नै राजनीति हो । राजनीति गर्नेहरुले कसरी गरीरहेका छन …?
स्वार्थका लागि हो कि….?
समग्र देशको उन्नति र जनताको समस्या निराकरणका लागि….
यी कुराहरु पनि गर्न नछुटाऔँ ।
कसको नेतृत्व सहि र कसको नेतृत्व खराब भनेर साथिभाईलाई कसरी विश्वास दिलाउने…..रणभूलमा पनि देखिन्छन केही अग्रजहरु ।
चियागफमा, समग्र सोलुखुम्बु जिल्ला अनि मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सक्ने नेतृत्वको विषयमा छलफल गर्न बिर्सनुहुन्न ।
जनताको समस्यालाई मध्यनजर गर्ने अनि समाज परिवर्तन गर्न सक्ने नेतृत्वको बारेमा छलफल गर्न नछुटाऔँ ।

चुनावको समयमा मात्र जिल्ला आउने उमेद्धार अनि कार्यकर्ताले के का लागि जनतासँग भोट माग्लान त….? यो विषयमा गम्भिरताका साथ सोचाँै ।
कतै व्यत्तिगत स्वार्थहरु पो मिसीएका छन् की….
घरदैलोमा आएर दया लाग्दा बोलिमा भोट माग्दा तपाइको जिज्ञासाहरु राख्न नबिर्सनुस । प्रश्नहरु अवश्य गर्नुस । नभए पछि पछुताउर्ने दिनहरु नआउलान भन्न सकिन्न ।

राज्यका जिम्मेवार व्यक्ति राजनीतिक प्रतिस्पर्धाका नाममा अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, खुट्टा तान्ने, वैयक्तिक टीकाटिप्पणी र आलोचना गर्न बाहेक देशको वर्तमान अवस्थाको दुर्गतिको बारेमा समिक्षा अनि वैचारिक प्रतिस्पर्धा गर्ने फुर्सद छैन ।
उमेद्धार आफै अवसरको खोजिमा देखिन्छन ।

सदरमुकामकै सडकहरु अझै कच्चि छन । सडकका खाल्डा खुल्डीहरु भरिएका छैनन । साप्ताहिक लाग्ने हाट एक राते बजार जस्ता देखिन्छन । व्यापारीहरु एक दिन अगाडि आई घोचाघारा गाडेर फर्कन्छन । भोलि बिहान आएर पाल टाँगेर दिनभरि व्यापार गरि साँझ त्यही घोचाघारा अनि पाल सहाल्दै हुन्छन ।
सदरमुकाम बजारका सार्वजनिक शौचालय त झन छि…छि !
अब कल्पना गरौँ…अझ दुर्गम गाउँमा के हाल होला….?
ट्रयाक ओपन भएका छन् तर पूर्णता दिइएको छैन । सडक कालोपत्रे गर्ने केवल जनतालाई बाँडीएको मिठो सपना भयो तर स्तरोन्नती गर्न पनि परको कुरा भयो ।
कच्चीसडकमा गाडिमा यात्रा गर्दा पछिल्लो सिटको मान्छे अघिल्लो सिटमा पुग्लाजत्तिकै उफ्रिएको हुन्छ ।
तरपनि राज्यको जिम्मेवार व्यक्तिले नागरिकको समस्यालाई देखे पनि नदेखे जस्तो आँखा चिम्लेर बोल्दै नबोलि चुपचाप हिँडीरहेका छन । सबै लाजहरु हाजमोलाले पचाइदिरहेका छन ।

अब ठूला ठूला सपना अनि झुटो आश्वासनमा हामी नागरिक फसिनुहुन्न भन्ने कुराको विषयमा गहन छलफल गर्न नभुलौँ ।
एक कप चियाको मूल्यसँग दाँजेर सस्तो अनि महँगा भनि मोलमोलाइ नगरौँै आफना अमूल्य मत । दशैँको खसीबोका जस्तै कीनबेच नठान्नुहोस आफनो मतअधिकारलाई ।

निर्वाचन आयोगका अनुसार १८ वर्ष पूरा भई मतदाता नामावलिमा फोटोसहितको नाम दर्ता गराएका मतदाताहरुले मात्र मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ । अब सोच्नुस तपाईले मतअधिकार प्राप्त गर्नका लागि कति वर्ष कुर्नुपर्यो ? समय अनि पर्खाइ साह्रै पट्यार लाग्ने हुन्छन ।

गुलियो अनि मिठो स्वादको चियामा भूलेर रणभूलमा नपरौँ । विनानिष्कर्षको चियागफमा भूलेर महत्वपूर्ण मतको अपहेलना नगरौँ ।
हरेक दल अनि उमेद्धारले भन्ने कुरा हामीलाई जनताले उमेद्धार बनाएका हुन् जनता र देशको समृद्धिको लागि आफनो उमेद्धारी हो भनि एकोहोरो दावि गरीरहेका छन ।
के अहिले निर्वाचनमा भाग लिदै गरेका उमेद्धारहरु तपाईले रोज्नुभएको र खोज्नुभएको उमेद्धार नै हुन त ? अनि के जनताको पक्षमा रहेर निस्वार्थ भावले देशका लागि काम गर्लान त ?
आफैलाई प्रतिप्रश्न गर्ने समय हो यो । निर्वाचन हुन अझै ४१ दिन बाँकी नै छ । सोचेर सहि मान्छेलाई मत दिऔँ । आफनो अमूल्य मत खेरो नफालौँ । हाम्रो होइन राम्रो अनि सक्षम व्यत्तिको पहिचान गरौँ ।
जय देश !

Tags: उमेद्धार%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0चुनाव%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0जनता%e0%a4%9c%e0%a4%a8%e0%a4निर्वाचन%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0
Previous Post

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

Next Post

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

Related Posts

FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

2025-06-29
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

2025-06-26
FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

2023-12-14
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

2022-11-09
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

2022-10-08 - Updated on 2022-11-07
हिँडदाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

2022-05-10 - Updated on 2022-05-11

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.