dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बुको चित्कार कसले सुनिदिने…

खुम्बुका पहराहरुले सांसदहरुलाई जिस्क्याउँदै छ ।

Dudhkoshi Online by Dudhkoshi Online
मंसिर २८, २०८०
in FEATURE, हिँडदाहिँड्दै
Share on FacebookShare on Twitter

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा अनि सगरमाथाको प्रवेशद्धार नाम्चे रहेको स्थानिय तह हो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका । विश्वले चिनेको ठाउँलाई आफनै मुलुकका सरोकारवाला व्यक्तिहरुले वास्ता नगर्दा खुम्बु निराश छ । खुम्बुले सहयोगका लागि अनुरोधको फाइलहरु लिएर अनगिन्ती पटक सिंहदरबारका ढोकाहरु ढक्ढक्याउन पुग्छ । तरपनि अनेकौँ पटकको वेवास्ताले लखतरान हुँदै लाजले बादलको घुम्टोभित्र हराउन बाध्य छ खुम्बु ।

खुम्बुका पहराहरुले सांसदहरुलाई जिस्क्याउँदै छ । पहराले आफुलाई कसैले केहि गर्न नसकेको भनि जितेको महसुस गर्दै शिर अनि छाति उच्च बनाउँदै आफुलाई तह लगाउने बजेट छुटाउन नसकेको भनि संघ र प्रदेशलाई कुरी-कुरी गर्दै नमज्जाले जिस्काइरहेको छ ।

प्रसंग हो खुम्बु पासाङल्हामु गाउँपालिकाको सडकको । खुम्बु पासाङल्हामु गाउँपालिकाको ‘ङिम दोर्जि शेर्पा पर्यटन सडक‘ नामाकरण गरिएको सडक गाउँपालिकाको केन्द्र चौरीखर्क जोड्ने सडकको ट्रयाक ओपन कार्य जारी छ । बजेटको अभाव, आवश्यक निर्माण सामाग्री ढुवानीमा कठिनाई र मौसम प्रतिकूलताको बाबजुद पनि ट्रयाक ओपन कार्यले निरन्तरता पाउनका साथै गति लिइरहेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको ङिम दोर्जि शेर्पा पर्यटन सडक अन्तर्गत थामडाँडादेखि पैयाँ तर्फको ट्रयाक ओपन कार्य २०७९ जेठमा एन. एस. कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरि गतवर्ष असार महिनादेखि ट्रयाक ओपन कार्य सुरु गरिएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका, सिल्क पावर कम्पनि र सगरमाथा हाइड्रोपावरको संयुक्त लगानीमा २०७९ सालदेखि ट्रयाक ओपन कार्य सुरु गरिएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवत्ता लाक्पाछिरी शेर्पा बताउनुहुन्छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ थामडाँडादेखि चोरीखर्कसम्मको १९.४ किलोमिटर लम्बाई रहेको सडक विस्तारको लागि साडे १० करोड अर्थात करिव ११ करोड रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेको छ ।

यस आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा खुम्बुको लागि ६२ करोड ७० लाख ८६ हजार रुपैया स्वीकृत भएको छ ।  जसमा यस आर्थिक वर्षमा ट्रयाक ओपन कार्यको लागि दुई करोड रुपैया बजेट विनियोजन गरिएको छ भने सडक स्तरोउन्नति तथा मर्मत सम्भारको लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रवत्ता शेर्पाको भनाई छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको लागि ५२ करोड रुपैया विनियोजन भएको थियो । सो बजेटमा दुई करोड रुपैया ट्रयाक ओपनकै लागि खर्च भएको छ । खरिखोलादेखि, रमाईलो डाँडा, बुप्सा, कारे हुँदै थामडाँडासम्म ट्रयाक ओपन कार्यको लागि मात्र सात करोड रुपैया बजेट खर्च भएको थियो । ट्रयाक ओपनकै लागि मात्र हालसम्म ११ करोड रुपैयाँ खर्च भइसकेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको लागि विनियोजित बजेट भौगोलिक विकटताको हिसावले पर्याप्त नभएको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पा बताउनुहुन्छ । वहाँ भन्नुहुन्छ, ‘जनसंख्याको आधारमा छुट्याइएको बजेट गाउँपालिकाको समग्र विकासको लागि पर्याप्त पटक्कै होईन । सो बजेटले अधिकतम योजनाहरु सम्बोधन गर्न कठिन हुन्छ ।’

राज्यले खुम्बुलाई उपेक्षा गरेको गुनासो गर्दै खुम्बुमा जनसंख्याको आधारमा नभएर भूगोलको आधारमा बजेट विनियोजन गर्न गाउँपालिका अध्यक्ष शेर्पाको आग्रह छ ।

२०८० को चैत्रसम्ममा गाउँपालिकाको केन्द्र चौरीखर्कसम्म सडक पुरयाउने गाउँपालिकाले लक्ष्य लिएको छ । विस्फोटक पदार्थको अभाव नभएमा वा मौसम अनुकुल भई ट्रयाक ओपन कार्यमा कुनै समस्या नआएमा २०८० चैत्र मसान्तसम्म गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक पुर्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको भनाई छ ।

वहाँ भन्नुहुन्छ, ‘गाउँपालिका केन्द्र सम्भव नभएमा सुर्केसम्म यसैवर्ष ट्रयाक ओपन कार्य सम्पन्न गछौँ, गाउँपालिकाको लागि यो आवश्यकता र बाध्यता हो ।’

सुर्के हुँदै पैयाँतर्फ आउने बाटोको आधाभन्दा बढि काम सम्पन्न भइसकेको छ । निर्माण कार्यमा मौसम चुनौति रहेको बताउँदै गुणस्तरमा ध्यान दिएर बलियो र भरपर्दो किसीमको बाटो निर्माण गर्ने ठेकेदार कम्पनि एन. एस कन्सट्रक्सनको दावि छ । ‘धेरै समय लागेपनि बाटो राम्रो बनाउँछौ ।’ एन. एस. कन्सट्रक्सनका देन्डि शेर्पा भन्नुहुन्छ ।

संघबाट बजेट कति ?

खुम्बु क्षेत्रकोे लागि संघिय सरकारबाट छुटिएको बजेट हालसम्म शून्य छ । आर्थिक वर्ष २०८०/०८१ मा संघले एक करोड रुपैयाँ स्तरोन्नतिको लागि विनियोजन गरेको गाउँपालिका प्रवत्ता लाक्पा छीरी शेर्पा बताउनुहुन्छ ।

प्रदेशबाट कति ?

प्रदेश सरकारबाट विभिन्न आर्थिक वर्षमा करिव ४ करोड रुपैया प्राप्त भएको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।

कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्रि शेरधन राई र प्रदेश सभा सदस्य एंव निवर्तमान सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको पहलमा आर्थिक वर्ष ०७५/०७६, ०६७/०७७ र ०७७/०७८ मा गरि विभिन्न तीन आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट गाउँपालिकाले प्राप्त गरेको थियो । यस वर्ष समानिकरण तर्फको बजेट ९७ लाख रुपैया विनियोजन भएको छ ।

कोशी प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले खुम्बुमा सडक पुरयाउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सडक विस्तारका क्रममा भएका संघर्ष :

सडक विस्तारका क्रममा सडक क्षेत्रका जग्गाधनीहरु साथै स्थानियहरुसँग सम्बाद, छलफल अनि लामो संघर्ष गर्नुपरेको प्रवत्ता लाक्पा छिरी शेर्पा स्मरण गर्नुहुन्छ । वहाँ भन्नुहुन्छ, ‘स्थानियले सडक विस्तारका क्रममा गरेको अवरोधलाई केहि निश्चित शर्तहरु राखेर सडक निर्माण गरिसके पश्चात शर्तहरु पूरा गर्ने शर्तमा सडक खन्न सुरु गरिएको थियो ।’

जीविकोपार्जनका लागि सञ्चालन भइरहेको होटल तथा पसल व्यवसायहरु ठप्प हुने आशंकाले स्थानियहरु सडक विस्तार गर्नका लागि तत्पर थिएनन । दैनिकी र रोजीरोटी गुम्ने त्रास बोकेका स्थानियसँग केही निश्चित शर्त बनाई भावी दिनमा पर्यटन नीति निर्माण गरि अगाडि बढ्ने गाउँपालिकाको योजनामा सकारात्मक प्रतिक्रिया दिइ सहमत हुँदै स्थानियहरुले सडक विस्तारमा हातेमालो गरेको प्रवत्ता शेर्पाको भनाई छ ।

अहिले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ खरिखोलादेखि थामडाँडासम्म सडक सञ्जाल पुगेर यातायात सञ्चालनमा आएपश्चात सदरमुकाम आवतजावत साथै आवश्यक सामाग्री ढुवानी गर्न सहज भएको स्थानियहरु बताउँछन ।

यता स्थानियसँगको संघर्ष र सहमति पश्चात ठूला पहाराहरु खुम्बुको लागि निकै चुनौति अनि बाधकको रुपमा बसीरहेको छ । चट्टानले बनेको पहरालाई सडकको स्वरुपमा परिवर्तन गर्नका लागि गाउँपालिकालाई निकै सकस परीरहेको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पा बताउनुहुन्छ ।

अध्यक्ष मिङमा छिरी शेर्पा भन्नुहुन्छ, ‘ट्रयाक ओपनका लागि स्काभेटरको प्रयोगले सम्भव नभएकै कारण ब्लास्टिङ गर्नुपर्ने बाध्यता छ खुम्बुलाई ।’ वहाँ भन्नुहुन्छ, ‘ब्लास्टिङ गर्ने प्रक्रिया लामो थियो तापनि गाउँपालिकाको आवश्यकतालाई मध्येनजर गर्दै प्रक्रिया पुर्याएर लामो समय पश्चात ब्लास्टिङको अनुमति पाएका हौँ ।’

चट्टान र ठुल्ठुला भिर भएकाले सडक खन्दा ५/६ सय मिटर सडक खन्न पनि करिब ७/८ महिना लागेको साथै एक किलोमिटर पनि दुरी नभएको सडकमा ३ करोड रुपैयाँसम्म लगानी गर्नुपरेको प्रवत्ता शेर्पा बताउनुहुन्छ ।

मे २९ का दिन खुम्बुमा सगरमाथा दिवस मनाउने क्रममा खुम्बु पुगेका प्रतिनिधि सभा सदस्य मानवीर राई, कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशका प्रदेश सभा सदस्य एंव निवर्तमान सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी लगायतका सांसदहरु सगरमाथा क्षेत्र पुग्नुभएको थियो ।

खुम्बुको भौगोलिक विकटतालाई नजिकबाट नियालेका माननीयज्यू हरुलाई त्यहाँको भौगोलिक विकटतालाई चिर्न हम्य परीरहेको अनुभव खुम्बुले गरेको छ । पर्यटकिय क्षेत्र खुम्बुको विकासका लागि हामी काँध थाम्छौ । विकासको क्षेत्रमा अघि बढेर खुम्बुले फड्को अवश्व मार्नेछ भन्दै माननीयज्यू हरुले भाषणका क्रममा मिठा बात गर्दा खुम्बु दंग पर्दै बादल हटाएर निलो आकाशमा खुलेको थियो ।

माननीयज्यू हरुले खुम्बुको प्रशंसा गर्दै खुम्बु प्रवेश गर्ने ट्रयाक ओपनका लागि आवश्यक बजेट पहल गछौँ भनी आश्वासनसँगै प्रतिबद्धता जाहेर गर्दा खुम्बु खुसीले मख्ख पर्दै भविष्यको कल्पना गर्दै दंग थियो । तर आश्वासनमा सिमित भाषणले खुम्बुको सडकको स्वरुप फेर्न सकेन । बिचरा खुम्बु ।

खुम्बुको समस्यालाई छर्लंग देखे पनि कालो चस्मा लगाएर समस्यालाई छोपेर पन्छिरहेका छन । संसदमा ठूला आवाज भन्दा समस्यालाई टेबलमा राखेर दोहोरो छलफल गरि समस्याको सहजिकरण गर्न आवश्यक रहेको खुम्बुका नागरिकहरु बताउँछन ।

राजधानीमा बसेर बनाएको नीति र व्यवस्थाले खुम्बुको वास्तविक समस्या र पीडा समेट्न नसकेको अध्यक्ष शेर्पा गुनासो गर्नुहुन्छ । खुम्बु क्षेत्रको समस्याहरु बुझनका लागि खुम्बु नै पुगेर स्थलगत अवलोकन अनि निरीक्षण गर्न आवश्यक रहेको वहाँ बताउनुहुन्छ ।

राजधानी र सदरमुकामसँग सिधा सडक सञ्जाल जोडेर सबैलाई खुम्बुको सौन्दर्यताको अवलोकन गराउने कुरामा आफु विश्वस्त रहेको गाउँपालिका अध्यक्ष मिङमा छीरी शेर्पा बताउनुहुन्छ । मंहगो ढुवानीको चपेटामा परेका खुम्बुका नागरिकलाई राजधानी र सदरमुकामको बजार भाउमा आवश्यक सामाग्री उपभोग गराउने गाउँपालिकाको उद्धेश्य रहेको वहाँ सुनाउनुहुन्छ ।

मन्त्री, सांसद, जिल्ला अनि गाउँपालिकाका सरोकारवाला व्यक्तिहरुको एउटै टेबुलमा खानपिन भयो तर खुम्बुको समस्या र आवश्यकताको विषयमा ‘टेबल टक’ गरेको खुम्बुको कानमा परेन । खुम्बुले आश्वासनका कुरा भन्दा पनि कार्यान्वयनको कुराहरु सुन्न र देख्न चाहान्थ्यो सायद । तर आ-आफनो कुरामा व्यस्त अनि मस्त देख्दा खुम्बु चिसिएको थियो । अनि हिउँको टोपी लगाएर बादलको घुम्टोभित्र एक्लै बर्बराउन थाल्यो । जुन जोगि आए पनि कानै चिरेको ।

तैपनि आफनो भौगोलिक विकटताको विशेषता नै आफनो चिनारी हो भनेर पीडाका मुस्कान छर्दै सेतो टलक्क परेको हिमलहर अनि सेताम्य हिमालहरू मेरा साथमा छन भन्दै दंग पर्छ । मेरो देशले नचिनेर के भो…. विश्वले मलाई अंगालेको छ भनेर मख्ख छ खुम्बु ।

खुम्बुको चित्कार कसले सुनिदिने । खुम्बुको आवाज बादलभित्रै हराइरहेका छन । हिउँले ढाकिरहेका छन । खुम्बुका सुसेलि ति ठूला अनि अग्ला पहाडमा ठोक्किएर आफैतिर फर्किरहेका छन ।

पत्रकारहरु फोनमार्फत त्यहाँको अवस्थाको बारेमा सोध्छन । आफै पुगेर वस्तुगत स्थिति बुझेर खुम्बुको समस्याको बारेमा लेख्न पटक्कै तयार छैनन ।
सोधेर होईन…हेरेर, बुझेर लेख्नुस महोदय, कतै तपाईले त्यहाँको समस्या देखेर लेखेको कुराले खुम्बुले न्याय पाउँछ कि भन्दै पत्रकारहरुलाई खुम्बु गुनासो पोखिरहेको छ ।

त्यसैले खुम्बु हरेक पक्षसँग दिक्क छ । संघ र प्रदेशको रातो किताबमा नअटाइएको खुम्बुको सडकको समस्या स्थानिय तह एक्लैलाई सकस परिरहेको छ । आफनो समस्या कसले सुनेर सम्बोधन गर्ने भनि दिगो विकासका आधार खोज्दैछ । समस्याको विषयमा कुरा मात्र होईन समाधानको पहल गर्दै निष्कर्षमा पुर्याउनेको खोजिमा छ खुम्बु ।

राजधानी र सदरमुकामसँग सीधा सडक सञ्जाल जोडेर मंहगो ढुवानीको चपेटामा परेका खुम्बुका नागरिकको समस्या सम्बोधन गर्न सकेमा खुम्बुक्षेत्रले न्याय पाउने छ । खुम्बुको समृद्धी अनि परिवर्तन गर्ने सोच साथै सुशासनमा ध्यान दिने जनप्रतिनिधि, सेवामुखी कर्मचारी, सचेत नागरिक, सहयोगी शुभचिन्तक, दातृ निकाय अनि चुनौतिलाई सामना गर्दै बलियो सहारा दिने सरोकारवालाहरुको खोजिमा छ खुम्बु ।

Tags: 'ङिम दोर्जि शेर्पा पर्यटन सडक'%e0%a4%99%e0%a4%bf%e0%a4%ae-%e0%a4%a6%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%bf-%e0%a4%b6%e0%a5%87%e0%a4%b0%e0%खुम्बु पासाङल्हामु गाउँपालिका%e0%a4%96%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81-%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%be%e0%a4%99%e0%a4%b2%e0%a5%8खुम्बु%e0%a4%96%e0%a5%81%e0%a4%ae%e0%a5%8d
Previous Post

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

Next Post

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

Related Posts

FEATURE

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२
FEATURE

सगरमाथा राष्ट्रिय निकुञ्जद्धारा १४ करोड बढि राजश्व संकलन

जेष्ठ २७, २०८२
FEATURE

खुम्बुको लापाको खाका तयार, आगामी बजेटमा सम्बोधन गर्ने पालिका अध्यक्ष शेर्पाको प्रतिबद्धता

जेष्ठ २४, २०८२
FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

अशोज २४, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!