dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

Dudhkoshi Online by Dudhkoshi Online
2022-12-04
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मा १० वटा टोल विकास संस्था गठन गरिएको छ । मंसिर १३ गतेदेखि सुरु गरिएको टोल विकास संस्था गठनको कार्य हिजो शनिबार सकिएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष साथै अन्य सदस्य गरि ११ सदस्यीय टोल विकास संस्था गठन गरिएको हो । समितिमा रहेका सदस्य बाहेक हरेक टोलका बाँकी घरधूरी पनि साधारण सदस्यमा रहने व्यवस्था गरिएको वडा अध्यक्ष महेन्द्रदीप राईले जानकारी दिनुभयो ।

हिजो शनिबारसम्म टोल विकास संस्था गठन गरि आज संस्थाका पदाधिकारीसँग बैठक बसेको छ । आज बसेको बैठकले टोल विकास नामाकरण गर्ने, टोल विकास संस्थाको दर्ता प्रक्रियामा लैजाने, सार्वजनिक संस्थाको नाम तथा सार्वजनिक स्थलहरुको अवस्था पहिचान गर्ने निर्णय गरेको छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन सल्लेरी शाखाबाट प्राप्त हुँदै आएको आयोडिनयुत्त नुन टोल विकास संस्थाको सुझाव अनुसार टोल आफैले टोलको नुन तोकेको स्थानमा उपलब्ध गराउने निर्णय गरिएको वडा अध्यक्ष राईले जानकारी दिनुभयो ।
विकास निर्माणको योजना तर्जुमा, शान्ति सुरक्षा, सुसासन कायम गर्न टोल विकास संस्थाको महत्वपूर्ण जिम्मेवारी रहने वडा अध्यक्ष महेन्द्रदीप राईले जानकारी दिनुभयो । वडाअध्यक्ष राईका अनुसार टोल विकास संस्था गठनको कार्यलार्ई पालिकाभरि नै तिब्रता दिइएको छ ।

टोल नम्बर १ को अध्यक्ष र सचिवमा लिला बहादुर बस्नेत र राज कुमार बस्नेत रहेका छन । यस्तै टोल नम्बर २ को अध्यक्ष र सचिवमा भत्त बहादुर गुरुङ र नन्दराज गुरुङ, टोल नम्बर ३ को अध्यक्ष र सचिवमा भुपध्वज थापा र प्रविन कुमार राई, टोल नम्बर ४ को अध्यक्ष र सचिवमा गोपाल राई र मणि कुमार राई रहेका छन ।

यसैगरि टोल नम्बर ५ को अध्यक्ष र सचिवमा फूर्तिमान तामाङ र प्रेम बहादुर तामाङ, टोल नम्बर ६ को अध्यक्ष र सचिवमा गोपाल बस्नेत र सुवास राई, टोल नम्बर ७ को अध्यक्ष र सचिवमा चतुरमान राई र चुडामणि राई, टोल नम्बर ८ को अध्यक्ष र सचिवमा रविन राई र अनजङ थुलुङ राई, टोल नम्बर ९ को अध्यक्ष र सचिवमा चिन्तामणि राई र पार्वुङ राई, टोल नम्बर १० को अध्यक्ष र सचिवमा चन्द्र कुमारी गुरुङ र गोविन्द कार्की रहेका छन ।

Previous Post

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

Next Post

खुम्बुको चित्कार कसले सुनिदिने…

Related Posts

समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19
समाचार

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19
समाचार

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18
समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.