सोलुखुम्बु । सोलुखुम्बुमा चुनावि सरगर्मी ह्वात्तै बढेको छ । दिनानुदिन चिसो बढ्दै गइरहेको सोलुखुम्बु जिल्लामा निर्वाचनको माहोलले गर्माएको छ ।
निर्वाचन आयोगले तयार पारेको आचारसंहिता अनुसार कार्तिक १७ गतेदेखि चुनावि भेला गर्न साथै आमसभा गर्न पाउने भनि उल्लेख छ । के खोज्छस कानो आँखो भनेझै, उमेद्धारलाई पनि आमसभा, चुनावि भेलाको आयोजना गर्न बाटो खुलेको छ ।
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि सोलुखुम्बु जिल्लाका प्रतिस्पर्धि उमेद्धारहरु चुनावि अभियान लिएर भोट माग्न गाउँ गाउँमा दौडधूप गरिरहेका छन । उमेद्धारहरु मतदाताहरुलाई रिजाउनका लागि आमसभा र चुनावि भेलाको आयोजना गरी ठूला अनि मिठा कुरा गर्नमा व्यस्त देखिन्छन । निद्रा, भोक अनि प्यासलाई समेत बिर्सेका छन ।
हरेक ५ वर्षपछि आउने निर्वाचन राजनितिक दलहरुले उत्सवको रुपमा मनाएको जस्तो भान हुन्छ । कहिल्यै गाउँ नफर्कीनेहरु गाउँ फर्केका छन । मानाँै अहिले नेपालिहरुको महान पर्व दशैँ गाउँघरमा आइपुगेको छ । दशैँमा टीका लगाएर ढोकभेट भएजस्तै उमेद्धारहरु चुनावि ढोकभेटमा व्यस्त देखिन्छन ।
कहिल्यै नभेटेकाहरुसँग आफनै सम्झेर मिठा बात गरिरहेका छन । अनि स्वागत गरिरहेका छन त्यही झुटा सपना देखाउनेहरुको एउटा जमातले ।
खादा, माला अनि मिठा–मिठा परिकारको साथमा कुराहरु पनि मिठै । लाग्छ त्यहाँ विवाह भोजको समारोह छ । कहिल्यै गाउँ फर्केर कच्ची बाटोमा पाइला नराखेकाहरु पनि चुनाव जित्ने ठूलो सपना बोकेर अनि सोझा नागरिकलाई अधूरा अनि झुटा सपनाहरु देखाउदै आइपुगेका छन ।
यतापटि उमेद्धारहरु जोस, जाँगर र हौसलाको साथ गाउँ गाउँमा पुगिरहँदा मतादाताहरुले भने निराश मुद्रामा जबरजस्ती हुन्छ भन्न बाध्य देखिन्छन ।
भोट मलाई दिनुस । हाम्रो पाटिको चुनाव चिन्हमा मतदान गर्नुस भनेर भनिरहँदा जनताले जबरजस्ती सुन्न बाध्य छन ।
विना घोषणापत्र, एजेण्डा विनाको शून्य भिजन लिएर मत माग्न आएको भन्ने जनतालाई प्रष्ट थाहा छ । एजेण्डा के के छन भनेर सोध्न नपाउँदै झुटा आश्वासन दिन हतार देखिन्छन उमेद्धारहरु ।
यस पटक, यो पाटिको उमेद्धारलाई मन खोलेर भोट दिनुपर्छ भन्ने जनतामा उत्साह पटक्कै छैन । जुन जोगि आएपनि कानै चिरेको । यो उत्ति मतदाताहरुले बोलिपिच्चे दोहोर्याएको सुनिन्छ ।
सोलुखुम्बु जिल्लाको मुख्य समस्या पत्ता लगाएर समाधान गर्ने किसीमको उमेद्धार नै छैनन भनेर मतदाता निराश छन ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित नयाँबजारमा फलफूल बेच्दै गरेका उमेरले ४० वर्ष काटेका एक व्यापारी भन्छन, ‘खै त प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता रु हामी किसान सधै मर्कामा छौँ । हामीले लगाएका कृषि उपज सामाग्रीको बजार खै रु त्यही सामाग्री बेच्न जाँदा राम्रो बाटो खै रु कच्ची सडकमा हजार पटक बजारीदै बजार आइपुग्दा हामीले खाजेको बजार भाउ खै त रु ५ वर्षसम्म सांसद भए के काम गरे रु अब किन भोट दिने रु हामी साना किसानको समस्यालाई सम्बोधन खै कसले गर्ने रु जसले जिते पनि हाम्रो मागलाई सुनवाई कसैले गरेनन । मेरो त नो भोट हो यो’पालि ।’
यस्तै सोलुदुधकुण्ड नगरपालिका ६ जेरो पोइन्टमा आफना घर जानलाई सुमो कुरीरहेका नेचासल्यान गाउँपालिका घर बताउने एक व्यत्ति निराश हुदै भन्छन, यो पटकका उमेद्धारहरु पनि जिल्लाको लागि खासै केही गर्ने खालका देखिदैनन । भोट माग्न त आउँछन । तर हुन्छ मात्र भन्ने हो । कति पटक दिने यिनीहरुलाई भोट । उनीहरुले झुक्याउन हुने हामीले चाँहि नहुने भन्ने के छ ?
यस्तै सल्लेरीको राष्ट्रिय वाणिज्य बैँक अगाडि भेटिनुभएकी उमेरले ७० वर्ष पुग्नुभएकी आमा मायालु भावमा भन्छीन्, ‘खै नानि, मेरो त भोट छोरानातिले नै लगाइदिन्छन । कसलाई दिन्छन । मलाई के थाहा । जसले जितेपनि हामी उमेरले पाका भा’कालाई राम्रो सुविधा ल्याउन । के भन्नु र ? हा हा…
यसैगरि, शनिबारको दिन सल्लेरीको नयाँबजारमा सामान किनमेल गर्दै गर्नुभएका सोलुदुधकुण्ड नगरपालिका ४ गार्माका एक मतदाता ‘बामगठबन्धन र नेकपा एमालेका उमेद्धारलाई इंकित गर्दै भन्छन्, ‘दुवै पार्टिका उमेद्धार गफाडि छन । यो पटक जसले जिते पनि हामी जनता कुवाको भ्यागुता कुवामै । अरु पार्टिका नेता उमेद्धारहरुलाई भोट दिम ? जित्ने सम्भावना शून्य छ । अलिकति जित्ने सम्भावना भएको पाटिको उमेद्धार आशलाग्दा छैनन ।’
यसरी सोलुखुम्बुका मतदाताहरु निराशाजनक मुद्रामा उमेद्धारहरुलाई जिल्लाको चौतर्फि विकासमा लागि पर्न नसकेको प्रतिक्रिया दिन्छन । उमेद्धारहरुलाई सिधा भन्न सक्ने र सिधा प्रश्न गर्न सक्ने आँट कमैमा देखिन्छ । एता उमेद्धारहरु ठूला ठूला योजना सुनाएर मतदातालाई मख्ख पार्नमा माहिर छन ।
एजेण्डा नभएका दल अनि उमेद्धारलाई जिताउँदा समग्र जिल्लाको विकास संकटमा परेको हो कि भनेर मतदाताले अड्कल पनि गरिरहेको पाइन्छ । त्यसो त नेता, दल, अहिलेका उमेद्धारले जनताको माग र मुद्धालाई लिएर सुनुवाइ गर्न सक्ने किसीमको बलियो एजेण्डा लिएर नहिँडेसम्म जनता हरेक वर्ष निराशामै बस्नुपर्ने बाध्यता आउनेछ । हरेक साल पश्चातापले पुर्पुरोमा हात राखेर बस्न बाध्य हुनुपर्नेछ । त्यस कारण मतदाता अनि उमेद्धारहरु समयमै सचेत हुने होकी । हरेक साल मतदाताको अनुहारमा निराशा पलाउँदा के उमेद्धारको अनुहारमा खुशी हुनुपर्ने हो । जनता र नेता सिक्काको दुई पाटा भएर एकअर्काको परिपूरक अवश्य हुनुपर्ने हो । तर खै त हजूर…..
के यसरी समृद्ध सोलुखुम्बु अनि सुखि सोलुखुम्बुबासीको परिकल्पना सम्भव छ र …