सोलुखुम्बु । चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँले देउसी भैलो खेलेर एक लाख ४५ हजार आठ सय ४० रुपैयाँ आर्थिक संकलन गरेको छ । कार्तिक १० गते बिहीबारको दिन लतिपुरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट उत्त आर्थिक संकलन गरेको हो ।
भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको संस्थाले देउसी भैलोबाट संकलित रकमले संस्थाको जग्गा खरिद साथै सामाजिक कार्यका लागि सदुपयोग गर्ने संस्थाका सदस्य जसीहव थुलुङ राईले जानकारी दिनुभयो ।
चस्कुच्यो मुलिनेम उत्थान समाज देउसी भैलो कार्यक्रमका संयोजक जसीहव थुलुङ राईका अनुसार कार्यक्रममा सयाँै वर्ष पुरानो किमो काम्सो, मारुनि भाका लगायतका मौलिक संस्कार, संस्कृति साथै थुलुङ राईको भाषीक गितका साथमा नृत्यहरु प्रस्तुत गरिएको थियो । आधुनिकतासगैँ ओझेलमा परेका संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले खेलिएको देउसी भैलो कार्यक्रममा आफनै भाषा, रीतिरीवाजका कुराहरुलाई प्राथमिकताका साथ उठान गरीएको संस्थाका सदस्य एंव देउसी भैलो कार्यक्रमका संयोजक राईले बताउनुभयो । उहाँले भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्ताण्तरण गर्न सकेमा मात्र पहिचान रहन सक्ने बताउँदै देउसी भैलो कार्यक्रम मार्फत नयाँ पुस्तालाई महत्वपूर्ण सन्देस प्रवाह गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो ।
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका लुभुस्थित अधिवत्ता सुभाषचन्द्र थुलुङ र खड्गीशोभा थुलुङको निवासमा खेलिएको देउसी भैलो कार्यक्रममा संस्थाका पदाधिकारीहरु लगायत अन्य शुभचिन्तकहरुको उपस्थिति रहेको संस्थाका सदस्य जसीहव थुलुङ राईले जानकारी दिनुभयो ।