dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

Dudhkoshi Online by Dudhkoshi Online
2022-10-31 - Updated on 2022-11-07
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ संस्कृति संरक्षण समाजले देउसी भैलोबाट संकलित रकमले थुलुङ जातिहरुको पुरानो सांस्कृतिक सम्पदाहरुको पुननिर्माण गर्ने भएको छ ।
थुलुङ राईहरुको भाषा, संस्कृति संरक्षण गर्ने उद्धेश्यले थुलुङ संस्कृति संरक्षण समाज थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीले आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलित रकम मर्मत सम्भार प्रयोजनका लागि खर्च गर्ने भएको हो ।
संस्थाले देउसी भैलो कार्यक्रमबाट तीन लाख १५ हजार रुपैया आर्थिक संकलन गरेको थुलुङ संस्कृति संरक्षण समाजका सचिव ललित बहादुर राईले जानकारी दिनुभयो ।
सचिव राईले आर्थिक संकलन गर्नका लागि मात्र देउसी भैलो कार्यक्रम नराखिएको भन्दै हराउँदै गएका संस्कार र संस्कृतिको बारेमा जनचेतना फैलाउन साथै थुलुङ जातिहरुलाई जागरुक गराउनका लागि पनि देउसी भैलो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
यस्तै संस्थाका अध्यक्ष दिलकुमार राईले थुलुङ जातिहरुको मौलिक संस्कार, संस्कृति र भेषभूषालाई जगेर्ना गर्ने संस्थाको मूल उदेश्य रहेको बताउँदै संस्थाको उद्धेश्य पूरा गर्नका लागि विभिन्न क्षेत्रमा रहेका सबै थुलुङ जातिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संस्थाद्धारा सबै थुलुङ जातिहरुलाई एकत्रित गर्दै लैजाने बताउँदै सबैलाई एकजुट हुनका लागि आह्वान गर्नुभयो ।
यसैगरि संस्थाका कोषाध्यक्ष अभयसेर राईले संस्थाको उद्धेश्य अनुसार आर्थिक खर्च हुने बताउनुभयो । उहाँले देउसी भैलो कार्यक्रमको आर्थिक संकलनले मात्र संस्थाको उद्धेश्य पूरा नहुने बताउँदै जिम्मेवारी तहमा रहेका सबैले आर्थिक सहयोग गर्नका लागि पनि आग्रह गर्नुभयो ।
देउसी भैलो कार्यक्रममा थुलुङ भाषाको गित, मारुनि नाच, बालगित, साथै राष्ट्रिय भाव समेटिएका गितहरुमा दिव्या, सम्झना, मनिता, युना, इच्छा, सुप्राज्ञा, दिप्लुङ, सृष्टि राई, सृष्टि गुरुङ, सुमिका लगायतका कलाकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै खेतबारीमा बालि लगाएदेखि लगाएको बालिलाई संरक्षण गर्दै बालि उठाउने समयसम्मको समयसिमालाई इंकित गर्ने तोसी सीलि समेत प्रस्तुत गरिएको संस्थाका सचिव ललित बहादुर राईले जानकारी दिनुभयो । तोसि सिलीमा पूर्णिमा राई, कैलाश कुमारी राई, धनरुपा राई, बालाक्यूरी राई, हरि माया राई, पासाङ माया राई लगायत तोसी सीलिका कलाकार समूहले सीलि प्रदर्शन गरेका थिए ।
कार्तिक १०, ११ र १२ गते थुलुङ दुधकोशी गाउँपालिका २ काँगेल र मुक्लीको विभिन्न स्थानमा देउसी खेलिएको संस्थाले जनाएको छ ।

Previous Post

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

Next Post

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.