dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

Dudhkoshi Online by Dudhkoshi Online
कार्तिक १४, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ संस्कृति संरक्षण समाजले देउसी भैलोबाट संकलित रकमले थुलुङ जातिहरुको पुरानो सांस्कृतिक सम्पदाहरुको पुननिर्माण गर्ने भएको छ ।
थुलुङ राईहरुको भाषा, संस्कृति संरक्षण गर्ने उद्धेश्यले थुलुङ संस्कृति संरक्षण समाज थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीले आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलित रकम मर्मत सम्भार प्रयोजनका लागि खर्च गर्ने भएको हो ।
संस्थाले देउसी भैलो कार्यक्रमबाट तीन लाख १५ हजार रुपैया आर्थिक संकलन गरेको थुलुङ संस्कृति संरक्षण समाजका सचिव ललित बहादुर राईले जानकारी दिनुभयो ।
सचिव राईले आर्थिक संकलन गर्नका लागि मात्र देउसी भैलो कार्यक्रम नराखिएको भन्दै हराउँदै गएका संस्कार र संस्कृतिको बारेमा जनचेतना फैलाउन साथै थुलुङ जातिहरुलाई जागरुक गराउनका लागि पनि देउसी भैलो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
यस्तै संस्थाका अध्यक्ष दिलकुमार राईले थुलुङ जातिहरुको मौलिक संस्कार, संस्कृति र भेषभूषालाई जगेर्ना गर्ने संस्थाको मूल उदेश्य रहेको बताउँदै संस्थाको उद्धेश्य पूरा गर्नका लागि विभिन्न क्षेत्रमा रहेका सबै थुलुङ जातिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संस्थाद्धारा सबै थुलुङ जातिहरुलाई एकत्रित गर्दै लैजाने बताउँदै सबैलाई एकजुट हुनका लागि आह्वान गर्नुभयो ।
यसैगरि संस्थाका कोषाध्यक्ष अभयसेर राईले संस्थाको उद्धेश्य अनुसार आर्थिक खर्च हुने बताउनुभयो । उहाँले देउसी भैलो कार्यक्रमको आर्थिक संकलनले मात्र संस्थाको उद्धेश्य पूरा नहुने बताउँदै जिम्मेवारी तहमा रहेका सबैले आर्थिक सहयोग गर्नका लागि पनि आग्रह गर्नुभयो ।
देउसी भैलो कार्यक्रममा थुलुङ भाषाको गित, मारुनि नाच, बालगित, साथै राष्ट्रिय भाव समेटिएका गितहरुमा दिव्या, सम्झना, मनिता, युना, इच्छा, सुप्राज्ञा, दिप्लुङ, सृष्टि राई, सृष्टि गुरुङ, सुमिका लगायतका कलाकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै खेतबारीमा बालि लगाएदेखि लगाएको बालिलाई संरक्षण गर्दै बालि उठाउने समयसम्मको समयसिमालाई इंकित गर्ने तोसी सीलि समेत प्रस्तुत गरिएको संस्थाका सचिव ललित बहादुर राईले जानकारी दिनुभयो । तोसि सिलीमा पूर्णिमा राई, कैलाश कुमारी राई, धनरुपा राई, बालाक्यूरी राई, हरि माया राई, पासाङ माया राई लगायत तोसी सीलिका कलाकार समूहले सीलि प्रदर्शन गरेका थिए ।
कार्तिक १०, ११ र १२ गते थुलुङ दुधकोशी गाउँपालिका २ काँगेल र मुक्लीको विभिन्न स्थानमा देउसी खेलिएको संस्थाले जनाएको छ ।

Previous Post

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

Next Post

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

Related Posts

समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२
समाचार

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२
समाचार

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२
समाचार

रक्षा मन्त्री राईद्धारा सोलुखुम्बुको लागि एक अर्ब बढी बजेट विनियोजन

असार ११, २०८२
समाचार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

असार १०, २०८२
समाचार

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०८२ पारित गरिने

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!