dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

Dudhkoshi Online by Dudhkoshi Online
2022-10-08 - Updated on 2022-11-07
in FEATURE, समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुबाट प्रतिनिधि सभा तर्फ मानवीर राईले टिकट पाउनुभएको छ । सोलुखुम्बुमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका राईको एकल नाम सिफारीस गरेको थियो ।
सोलुखुम्बुमा नेकपा एमालेको जीत सुनिश्चित रहेको प्रतिनिधि सभाका उमेद्धार राईको दावि छ ।

उहाँसँग गरिएको छोटो कुराकानिको अंश ।


पारीवारिक पृष्ठभूमि
२०२७ साल असार ७ गते बुबा आशकुमार राई र आमा जतनमाया राईको अन्तरे छोराको रुपमा हालको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ साविकको बासा गाविस वडा नं. ९ ठूलोढुंगामा जन्म भएको थियो ।
२०५६ सालमा कुमारी राईसँग मागी विवाह भयो । सन्तानको रुपमा एक छोरा नविन राई र एक छोरी सोनि राई छन ।
राजनितिक जिवन
विसं २०४२/०४३ सालमा अनेरास्ववियु खरीखोला माध्यमिक विद्यालय साविकको प्रावि र जुनवेसी माध्यमिक विद्यालयमा भूमिगत विद्यार्थी संगठनबाट राजनितिक जिवन सुरु,
-२०४६ देखि २०४७ सालसम्म अखिल नेपाल किसान संघको जिल्ला कमिटि सचिवालय सदस्य
-२०४८ सालको पहिलो अधिवेशनबाट जिल्ला कमिटि उपसचिव भएको ।
२०५४ सालको स्थानिय निर्वाचनबाट वडा सदस्यमा निर्विरोध निर्वाचित हुँदै जिल्ला विकास समिति सोलुखुम्बुको सदस्य भएको
-दुर्गम क्षेत्र विकास समितिको सदस्य
-विसं ०६५ सालमा आदीवासी जनजाति उत्थान विकास समिति सोलुखुम्बुको उपाध्यक्ष भएर काम गरेको ।
-उपाध्यक्ष हुँदै २०७० सालको संविधान सभाको निर्वाचन पश्चात नेकपा एमाले जिल्ला कमिटिको कार्यवाहक अध्यक्ष भएको ।
-२०७२ सालमा सम्पन्न छैटौँ अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटिको अध्यक्ष
-नेकपा एमाले र नेकपा माओवादिको एकताको जिल्ला अध्यक्ष
-२०७८ को मंसिर १० देखि १३ गते चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सदस्य
-नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुको इन्चार्जको जिम्मेवारीमा रहेको
-हाल नेकपा एमाले सोलुखुम्बुबाट प्रतिनिधि सभातर्फको उमेद्धार
प्रेरणाको स्रोत
-बुबा आशबहादुर राई साथै अन्य समान विचारधाराका साथिहरु
मानवीर राईले गरेका महत्वपूर्ण कार्यहरु
-खुम्बु पासाङ ल्हमु गाउँपालिका वडा नम्बर १ सीबुजेबाट मेरापिक जोड्ने पथमार्ग खोल्ने काम गरेको ।
-सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खुम्बु सगरमाथा क्षेत्र सडक निर्माणमा महत्वपूर्ण भूमिका ।
-सल्लेरीबाट नेले, सोताङ, महाकुलुङ हुँदै भोजपुर, संखुवासभा किमाथांका सडक निर्माण भइरहेको
-सदरमुकाम सल्लेरीबाट लिखुपिके, रामेछाप हुँदै राजधानि काठमाडौँ जोड्ने सडक निर्माणाधिन अवस्थामा रहेको ।
-ओखलढुंगाको ठाडेबाट सिसाखोला, मेराङ्दिङ सल्लेरी जोड्ने वैकल्पिक बाटो निर्माण हुँदै
-तिंला नेचासल्यान जाने सडकखण्ड निर्माणाधिन अवस्थामा रहेको ।
तपाईको उमेद्धारी किन ?
सोलुखुम्बु जिल्लाको विकास निमार्णलाई शसक्त अगाडि बढाउन,
सोलुखुम्बुका जनताका शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकास लगायतका सबै क्षेत्रमा सोलुखुम्बु जिल्लालाई शसक्त बनाएर अगाडि बढाउनका लागि…
जित्ने आधारहरु के के हुन ?
-नेकपा एमालेको तर्फबाट प्रतिनिधिको सभाको सदस्यमा सर्वसम्मत उमेद्धार हुनु नै मेरो जीत हो र नेकपा एमालेको जीत हो । अर्को कुरा नेकपा एमाले जिल्लामा एकजुट छ । एकढिक्का छ ।
-जिल्लाको जनताको सबै समस्याका विषयमा जानकार राख्ने व्यक्ति हुँ । साथै इमान्दार व्यत्तित्वको रुपमा जनतामाझ परिचित छु ।
लोमो समयसम्म पार्टिमा योगदान छ । सामाजिक कार्यमा समेत सक्रिय छु ।
यति आधारले मात्र सोलुखुम्बुका जनताले दिन्छन ? किन भोट दिने ?
-समृद्ध सोलुखुम्बु निर्माण गर्नु मेरो अनि मेरो पार्टिको उद्धेश्य हो ।
पर्यटन क्षेत्रको विकास, जलविधुत क्षेत्रको विकास, यातायात क्षेत्रमा विकासका लागि पनि जनताले मलाई चुनेका हुन । म आफै उमेद्धार बनेको होइन ।
-सक्रिय राजनितिज्ञ हँु ।
-चौतर्फि विकासको लागि ।
जित्ने सम्भावना कति छ ?
मेरो जित्ने सम्भावना प्रवल छ । किनभने, सोलुखुम्बु जिल्लाको जनता एंव मतदाता सबैजना सचेत हुनुहुन्छ । उहाँहरुले मलाई र मेरो कामलाई राम्रोसँग नियाल्नुभएको छ । र मैले पनि आजसम्म इमानदार रुपमा कसैलाई काखा अनि पाखा नगरि पक्षपात, भेदभाव रहित राजनितिक यात्रामा सहयोगको भावनाले अनि सेवाको भूमिकामा काम गरेको छु । हाम्रो पार्टि एक ढिक्का छ ।
पार्टिभित्र आन्तरिक समस्या छ कि छैन ?
प्रदेश संघको चुनावमा कति पनि अन्तरविरोध छैन । सबैले एकजुटका साथ सर्वसम्मत रुपमा मलाई पार्टिले सिफारीस गरेको हो । नेकपा एमाले पार्टिभित्र प्रतिनिधि अनि प्रदेश सभाका उमेद्धार ठिक भएन भनेर कसैले कमेण्ट पनि गरेका छैनन । अन्तरविरोध पनि छैन । सहयोग र सहकार्य प्रष्ट देखिन्छ ।
गठबन्धनसँग निर्वाचन लड्ने कस्तो रणनीति अपनाउनुभएको छ ?
गठबन्धन भनेको हाउगुजि मात्र हो । हामी जित्छौँ भन्ने बलियो आधार भनेको नै संगठन बलियो हुनु हो । नेकपा एमाले गाउँ–गाउँ, टोल टोल, बस्ती बस्तीमा रहेको एक बलियो पार्टि हो । विगत लामो समयदेखि हाम्रो आमनेता कार्यकर्ता, समर्थक अनि मतदाता सबैतिर हुनुहुन्छ ।
गठबन्धन हुँदैमा सबै परिणाम आउने होइन । कोही गठबन्धन कहाँ पुगिसके । कोही त्यहीभित्र लडाँइ गरिरहेका छन । गठबन्धन आफै एक समस्याको जालोमा फसेको छ । गठबन्धन समस्याको झुण्ड हो । समस्याको झुण्ड समस्यामा फसिरहन्छ । नेकपा एमाले अगाडि बढीरहन्छ ।
समर्थकले तपाईले अपेक्षा गरेअनुसार साथ दीन्छन भन्ने के आधार छ त ?
हामी आम जनताको विश्वासलाई शिरमा राखेर पूर्ण संगठित भएर अगाडि बढेका छौँ । जनताको दुख अनि समस्यालाई सम्बोधन गर्दै निकास दिनका लागि हो हाम्रो पार्टि । हामीलाई पूर्ण विश्वास छ जनताले हामीलाई भरोसा गर्नुभएको छ र सधैँ गरिरहनुहुनेछ । भन्दै, मंसिर ४ गते हुने प्रतिनिधि सभातर्फको निर्वाचनमा म मानवीर राईको उमेद्धारी रहेको अवगत गराउन चाहान्छु । भने प्रदेश सभा ‘क’ मा पूर्वराज्यमन्त्री उत्तम कुमार बस्नेत र प्रदेश ‘ख’ मा नेकपा एमालेका प्रदेश १ का निवर्तमान प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारी हुनुहुन्छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हामी तीनै जनालाई आम जनताले अत्याधिक बहुमतले जिताउनेछन ।

Tags: गठबन्धन%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aप्रतिनिधि सभा%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%a7प्रदेश सभा%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6मानवीर राई%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5%e0%a5%80%e0%a4%b0
Previous Post

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

Next Post

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.