हेमन्त राई सोलुखुम्बु ।
सबैले सबैलाई चिनिन्छ भन्ने कहाँ छ र …
भूगोल, व्यवसाय अनि विविध बाध्यताका कारणवस चिनेजानेका मानिस अनि नातासंग पनि टाढीनुपर्ने बाध्यता आइपर्छ ।
म्यासेन्जरमा, फोन कलमा अनि भेट हुँदा मलाई व्यत्तिगत रुपमा सोधिएका केही थान प्रश्नहरुको उत्तर आज म कप्यूटरको अगाडि बसेर डिजिटल अक्षर मार्फत लेखेर एकमुष्टमा जवाफ दिने जमर्को गर्दैछु ।
उहाँहरुको प्रश्नहरु,
आङ बाबु राई को हो र…?
अनि किन भोट दिने….?
प्रष्ट पार्न चाहान्छु,
यो उत्तर जोसँग सम्बन्धित छ ।
हरेक कुरा समयमा भर पर्ने अनि सोचाइमा पनि फरक पर्ने होला…
उखान छ नि,
नचिनेसम्म को हो को हो …..?
चिनेपछि मायामोह…।
यहाँ हरेकले हरेकलाई चिनिन्छ जस्तो लाग्दैन । अनि युगौँदेखि एक अर्कालाई चिनजान गरेर आएको पनि हुँदैन ।
आजभोलि प्रायले भनेको सुनिन्छ,
काम पर्दा मात्र सम्झीन्छस है….,
काम पर्दा मात्र सम्झन्छ फलानोलो…,
यहीँबाट नि प्रष्ट हुन्छ सधैँभरि चिनेको मान्छे त नजिकमा हुन्न । अनि कसैले कसैलाई चिन्दैमा अनि बोलचाल हुँदैमा मात्र सहयोग आदानप्रदान हुन्छ भन्ने ।
अनि फेरि चिन्नेले मात्र राम्रो काम गर्छ अनि अपरिचितले राम्रो गर्दैन भन्ने पनि होइन की जस्तो लाग्यो । ठाउँ अनुसारको उपस्थिति अनि चिनजानमा आकाश पतालकै फरक पर्न जाला ।
कुनै ठाउँमा सोहि एक व्यत्तिको उपस्थिति पनि लाखौँको भिड जस्तो होला । अनि कुनै ठाउँ शून्य । परिवेश र परिदृष्य अनुसार भूमिका फरक भएकाले उस्तै उपस्थिति पनि हुन्न होला । उपस्थिति अनुसार जमातको मात्रामा फरक पर्न जान्छ । उत्त जमातले कसलाई कसरी मूल्यांकन गर्छ …
मैले चिनेको आङ बाबु राई ।
पेशाले अधिवत्ता ।
इमान्दार अनि स्पष्ट वत्ता ।
बौद्धिक अनि सामाजिक व्यक्ति ।
शिक्षित, समझदार व्यक्ति ।
परिवर्तन अनि विकास चाहाने व्यक्ति ।
अन्यायको विरुद्धमा र न्यायको पक्षमा लडिरहने व्यत्ति ।
अनि भोट किन दिने …?
क्लियर भिजन भएको कारण ।
नागरिकको चाहाना अनुसार कार्यक्षमता भएकाले ।
स्पष्ट अनि पारदर्शि नीति भएकाले ।
युवाहरुको आवाज सुन्नका साथै युवाहरुको आवश्यकता परिपूर्ति गर्ने व्यत्ति भएको कारण ।
विषयवस्तुमा उच्च ज्ञान भएको कारण ।
सोच्नुस है,
बौद्धिक व्यत्ति पछि परे, समाज अनि देश पनि एक युग नै पछि पर्छ ।
प्रतिस्पर्धामा जीत र हार त अवश्य पनि हुन्छ । प्रतिस्पर्धामा उत्रिदै गर्दा जित्ने मनसाय पनि हरेक प्रतिस्पर्धिको हुन्छ । तर खेलको नियम नै हो एउटा हार्ने र अर्को जित्ने । जसकारण जीत र हार आफनो ठाउँमा छ ।
तर जित हासील गर्दै गर्दा सहयोगि हात अनि साथहरुलाई बिर्सनुहुन्न । साथै हार्नेलाई पनि जित्नेले कमजोर सम्झनुहुन्न ।
अनि हार बेहोर्दै गर्दा आफुलाई कमजोर बनाएर आत्मबल घटाउने पनि त होइन । खेलको नियम नै हारजीत हो भन्ने सोचेर अगाडि बढ्नुपर्छ ।
पालिकाको विकासका लागि अगाडि बढ्नुभएका सबै प्रतिस्पर्धिहरुलाई जितको शुभकामना ।