dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अहँ, ऊ पटक्कै मान्दैन ।

मेरो प्रिय भविष्य, आनन्दले निदाउन त दिँदैनौँ । बिहान ब्युँझिदा त कमसेकम पीडा नदेऊ ।

Dudhkoshi Online by Dudhkoshi Online
फाल्गुन ६, २०७८
in FEATURE, हिँडदाहिँड्दै
Share on FacebookShare on Twitter
  • गार्डेन राई

जब म बिहान ब्युँझिएर पहिलोपल्ट आँखा खोल्छु, उसले मलाई जिस्काइरहेको हुन्छ । उसलाई इग्नोर गर्दै फेरि जबरजस्ती निदाउन खोज्छु । अहँ, पटक्कै निदाउन दिँदैन मलाई ।

सात–आठ घन्टा निदाए पनि बिहान पहिलोपल्ट आँखा खोल्दा थकान उस्तै महसुस हुन्छ ।
अनि लामो सास फेर्दै उसलाई म अनुरोध गर्छु– मेरो प्रिय भविष्य, आनन्दले निदाउन त दिँदैनौँ । बिहान ब्युँझिदा त कमसेकम पीडा नदेऊ ।

अहँ, ऊ पटक्कै मान्दैन ।

बेलुकी ननिदाएसम्म अनि बिहानबिहानै पहिलोपल्ट उसलाई नै सोच्नुपर्ने रे…

हरे… कति प्रिय बनेर हरेक समय ऊ मेरो साथ बस्न खोज्छ ।

भविष्यमा के त्यस्तो शक्ति छ, जसलाई चाहेर पनि म नकार्न सकिरहेको छैन । म जे गरिरहेको छु, लाग्छ– उसकै आदेशअनुसार गरिरहेको छु ।

सुनौलो भविष्यको खोजीमा ती रमाइलो वर्तमान ओझेलमा परेछ क्यार । त्यसैले वर्तमान पनि मसँग रिसाएर कहिलेकाहीँ निहँु खोज्ने गर्छ ।

वर्तमान भन्छ– सुनौलो भविष्यको खोजीमा रमाइलो वर्तमान बिर्सेर किन आँसु झार्छस् ? म पनि त भोलि भूत हुने हो । रमाइलो वर्तमानलाई किन बेकारमा खेर फाल्दै छस् ? समयसँग हिँड्न सिक् ।

मैले सोचेको भविष्य वर्तमानमा परिणत हुने भए र त्यो वर्तमान कहिल्यै भूत नभइदिने भए…

लाग्छ– मैले सोचेको त्यो भविष्य पूरा हुन र आकासका तारा गनेर सकाउन उस्तै होला । भविष्य आफैँले भन्छ– यो असम्भव छ । मेरो के निश्चित ? जे गर्छस्, वर्तमानका लागि गर् अनि वर्तमानमै सोच्, वर्तमानमा नै बाँच्न सिक् ।

भविष्यका लागि पलपल मरेर बाँँच्न नखोज् । तेरा लागि वर्तमान सबथोक हो । तँसँग वर्तमान जे जति छ, त्यसैमा खुसी हुन सिक् । भएको समयलाई माया अनि सम्मान गर्न सिक् । भविष्यको पछाडि लाग्नु भनेको नदीका दुई किनाराको कथा जस्तै हो । जसको कहिल्यै भेट हुन्न ।

भविष्यमा के छ कुन्नि ? म भविष्यलाई चाहन्छु, वर्तमानलाई होइन । तर सुनौलो भविष्य पाउने आशामा वर्तमान अर्थहीन भएको थाहापत्तो नि पाउँदिनँ ।

आज म जे गर्दै छु, भविष्यका लागि गर्दै छु । अनि जे गर्न चाहन्छु, मात्र भविष्यका लागि ।

भूत र वर्तमानमा पूरा नभएका सपनाहरू भविष्यमा पूरा गर्ने आशाले घिस्रिरहेको छु । आशा न हो, जो पूरा नभए पनि आफैँसँग रहिरहने ।

तर भविष्य कति कठोर छ । मानसपटलमा जतिबेला नि आउने । तर वास्तविकतामा पाउन साह्रै मुस्किल ।

अनि फेरि गीतकार सुरज गैरेले लेखेको गीतका शब्द सम्झिन्छु– जन्म र मृत्युबीचको कुरा, हुँदैन सबै चाहेका पूरा ।

मान्छे जन्मिन्छ, अनि मर्छ । यो निश्चित छ ।

तर भविष्य … ? खै के खै के…

आकाररहित अनि बिनाजवाफको भविष्यले हरेक दिन सताइरहेको हुन्छ ।

थाहा छ– जन्मिएपछि एकदिन मर्नुपर्छ । तर जन्म र मृत्युबीचको समय कति लामो हुन्छ, थाहा हुन्न । त्योबीचको समयमा हामी मानिस एकअर्काको खुट्टा तान्न, अरूलाई फसाउन, झुक्याउन अनि कुकर्म गर्न कति सिपालु भएका हुन्छौँ ।

सबैलाई थाहा भएको कुरा हो– मरेर जाँदा केही पनि लान मिल्दैन तर…

सायद भविष्य खोज्ने क्रममा यस्ता कार्यमा संलग्न भएका हौँ कि !

न हिजोको जस्तो आज छ जीवन,
न आजको जस्तो भोलि नै रहला ।

के होला कसो होला छैन भोलिको केही भरोसा,
तर पनि भोलिका लागि हरेक जना चिन्तित छौँ आज ।

लाग्छ– भोलिको दिन निश्चित छ । त्यसैले त हरेकले भविष्यका योजनाहरू बनाएका हुन्छौँ । नभए सबैलाई भोलिको किन चिन्ता ?

त्यही अनिश्चित भविष्यलाई निश्चित आकार दिने प्रयासका लागि कहाँबाट कहाँ पुगिरहेछन् मानिस । एउटै परिवारको सदस्य छुट्टिएर टाढा बस्न बाध्य छन् ।

लाग्छ– वर्तमानको भन्दा भविष्यको पीडाले मानिस दिनानुदिन चिन्तित छ ।

भविष्यमा केही राम्रो कुरा प्राप्तिका लागि वर्तमानमा मानिस सङ्घर्षशील छ । आज दुःख गर्दा भविष्यमा टनका टन खुसी थपिने आशामा छ मान्छे । मिठा–मिठा सपना बुन्दै कैयौँ रहरहरू सजाउँदै सुनौलो भविष्यको पर्खाइमा छौँ ।

सबैको प्यारोे व्यक्ति बन्न सकियोस् । भविष्यमा ठूला बङ्गला, गाडी अनि सुखी परिवार होस् । सबै कुराले पुगिरहोस् । भविष्यमा यी कुराहरू पूरा होऊन् भनेर कसले नसोचेको होला र…

भनिन्छ– जो वर्तमानमा रमाउन सक्छ, उसले जीवन राम्रोसँग जिउँछ । सायद हुन सक्छ । अनि म भविष्य त टाढाको कुरा हो भनी वर्तमान मात्र सम्झेर निदाउन खोज्छु । तर फेरि भविष्यले किन ब्युँझाउँछ ?

के साँच्चै भविष्य निश्चित छ त ?

भगवान् गौतम बुद्धको उपदेश– विगतमा ध्यान नदेऊ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाऊ ।

Tags: भविष्य%e0%a4%ad%e0%a4%b5%e0%a4%bf%e0%a4%b7भविष्यको चिन्ता%e0%a4%ad%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%eयोजना%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0
Previous Post

कल्पना राईको यात्रा : भरियादेखि नगर उपप्रमुखसम्म

Next Post

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

Related Posts

FEATURE

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२
FEATURE

सगरमाथा राष्ट्रिय निकुञ्जद्धारा १४ करोड बढि राजश्व संकलन

जेष्ठ २७, २०८२
FEATURE

खुम्बुको लापाको खाका तयार, आगामी बजेटमा सम्बोधन गर्ने पालिका अध्यक्ष शेर्पाको प्रतिबद्धता

जेष्ठ २४, २०८२
FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

मंसिर २८, २०८०
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

Comments 1

  1. जसिहब थुलुङ says:
    3 years ago

    जीवन जगतको दर्शन दिने यो यथार्थ लेखका निम्ति हार्दिक साधुवाद गार्डेन मिस !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

नागरिकता विधेयक पारित

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!