dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बूमा १० महिनामा ८० जनाले गराए गर्भपतन

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
बैशाख २७, २०७८
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बू । विगत १० महिनाको अवधिमा सोलुखुम्बू जिल्लामा ८० जनाले गर्भपतन गराएका छन् ।

चालु आर्थिक वर्षमा गर्भपतन गराउनेको सङ्ख्या ८० पुगेको हो । जिल्ला अस्पताल फाप्लु सोलुखुम्बूले दिएको तथ्याङ्कअनुसार साउनदेखि वैशाख महिनासम्म २० वर्ष कम उमेरका ६ जना र २० वर्षमाथिका ७४ जनाले गर्भपतन गराएका छन् ।

यस्तै आर्थिक वर्ष २०७७–७८ मा एक सय २८ जनाले गर्भपतन गराएका थिए । गर्भपतन गराउनेमा २० वर्ष कम उमेरका आठ जना र २० वर्षमाथिका एक सय २० जना रहेको जिल्ला अस्पताल फाप्लुका ल्याब टेक्निसियन तथा सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए ।

जिल्ला अस्पताल फाप्लुको अहिलेसम्मको तथ्याङ्क हेर्दा यस वर्षभन्दा अघिल्लो वर्ष गर्भपतन गर्नेको सङ्ख्या बढी देखिएको छ ।

सूचना अधिकारी ठाकुर भन्छन्, ‘गत वर्ष लकडाउन थियो, त्यो समयमा गर्भपतन गराउने सङ्ख्यामा वृद्धि भयो ।’

स्वेच्छाले बच्चा जन्माउने वा गर्भपतन गर्ने अधिकार रहेकाले कतिपयले बच्चा जन्माउन नचाहेको र अभिभावक हुन परिपक्व नभइसकेका कारण पनि धेरैले गर्भपतन गराएको ठाकुर बताउँछन् ।

जिल्ला अस्पताल फाप्लुका अनुसार हाडनाता तथा जबरजस्ती करणीका कारण धेरैले गर्भपतन गराएको पाइएको छ ।

साथै दुर्गम जिल्ला भएकाले स्वास्थ्य चौकी पुगेर यौनसम्बन्धी खुलेर विचार राख्न नसक्ने समस्याका कारण पनि गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको हो ।

सोलुखुम्बूमा १२ हप्ताभन्दा मुनिको गर्भपतन गरिँदै आएको छ ।

Previous Post

किन्ने मान्छे नभएर तरकारी कुहिरा’छ…

Next Post

जुत्ता र चावी

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
समाचार

ठ;गी कार्यमा संलग्न २ भारतीय नागरिक प’क्रा’उ

मंसिर २०, २०८१
समाचार

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

मंसिर ६, २०८१
समाचार

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

मंसिर ६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!