सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नवौँ गाउँसभाबाट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७९÷८० का लागि ३६ करोड ६७ लाख ५८ हजार तीन सय ३२ रुपैँयाको बजेट ल्याएको छ ।
संघ सरकार वित्तिय समानिकरणबाट १० करोड ६२ लाख, शर्सत अनुमान ११ करोड २० लाख, राजश्व बाडफाँडबाट आठ करोड ६४ लाख ७२ हजार, वित्तिय समानिकरणबाट ५६ लाख ३२ हजार, राजश्व बाँडफाटबाट २९ लाख ४५ हजार एक सय बीस रुपैँया प्राप्त भएको महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकार ससर्त अनुदान एक लाख २३ हजार, प्रदेश समपुरक एक करोड, जिल्ला समन्वय समिति अनुदान ७३ लाख १८ हजार ३२ रुपैँया, आन्तरिक राजश्व आय १५ लाख रुपैँया रहेको छ । यस्तै गत आर्थिक वर्षको नगद मौज्दात तीन करोड ४५ लाख ६८ हजार एक सय ८० रुपैँया रहेको पालिका अध्यक्ष कुलुङको भनाइ रहेको छ ।
कार्यक्रम तर्जुमा र बजेट विनियोजन गर्दा नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य, उद्धेश्य अनुरुप ल्याएको बताइएको छ । सुसासन, वातावरण, बालमैत्री, जलवायु परिवर्तन, विपद व्यवस्थापन, राजश्व परामर्श समितिका प्रतिवेदन, वडागत योजना प्राथमिकीरण लगायतको विषयलाई प्राथमिकता दिएको पालिका अध्यक्ष सूर्य कुलुङले बताउनुभयो ।
महाकुलुङ गाउँपालिकाको नवौँ गाउँसभाको प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै प्रदेश क का सांसद उत्तम कुमार बस्नेतले भौतिक संरचना निर्माण हँुदैमा गाउँमा विकास नहुने बताउनुभएको छ । उहाँले जनताको आधारभूत आवश्यकता पूरा गर्दै अन्य विकासका कुराहरुमा जोड दिनुपर्ने बताउनुभएको छ ।