dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

Dudhkoshi Online by Dudhkoshi Online
असार १५, २०७९
in समाचार
Share on FacebookShare on Twitter

बिराटनगर । प्रदेश १ का सांसद उत्तमकुमार बस्नेतले प्रदेश १ सरकार संघीय सरकारको गलत अर्थ नितिको मतियार बनेको आरोप लगाउनुभएको छ। प्रदेश सरकारद्वारा प्रस्तुत वन, वातावरण तथा भु-संरक्षण,उद्योग,श्रम तथा रोजगार र पर्यटन तथा संस्कृति मन्त्रालयका लागि विनियोजित बजेटबारे मंगलबार प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै पूर्ब राज्यमन्त्री समेत रहेका सांसद बस्नेतले सो आरोप लगाउनुभएको हो।आगामी आर्थिक बर्षका लागि सरकारद्वारा प्रस्तुत बजेटमा उल्लेख भएका आर्थिक नीतिका कारण उद्योगी,ब्यबसायीहरु सडकमा निस्किएर बिरोध गरिरहेको सन्दर्भ उल्लेख गर्दै रोजगार, श्रमको अवसर र उत्पादनको बिषयमा नीति तथा कार्यक्रममा २६ वटा बुंदामा मिठो कुरा लेखिएपनि रातो किताबले त्यसलाई सम्बोधन गर्न नसकेको उहाँको भनाई थियो।

सोलुखुम्बु जस्ता प्रदेश १ का अन्य दूर्गम जिल्लाहरुमा उद्योग खोल्न उद्योगीहरुलाई प्रोत्साहित गर्ने किसिमका छुट प्रदान गर्नुपर्नेतर्फ प्रदेश सरकारको ध्यान जान नसकेको उहाले बताउनुभयो । सांसद बस्नेतले स्थानीयस्तरमै जडिबुटी प्रशोधन र स्थानीय उत्पादनहरुको प्रयोग तथ खपत गर्ने किसिमका साना उद्योगहरु स्थापनाका लागि बजेट छुट्याउन आफुले सरकारसंग पटकपटक आग्रह गरेपनि त्यसको सुनुवाइ नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

मुन्दुम ट्रायलका लागि थोरै बजेट बिनियोजन गरेपनि मस्ट मुन्दुम मोनार्की ब्रेक टाईलको संरक्षणका लागि गत बर्ष बजेट छुट्याएपनि यसलाई निरन्तरता नदिएर सबै धर्म र संस्कृतिप्रति पूर्ण रूपमा वेवास्त्ता गरेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको बिकासका लागि पनि सरकारले ध्यान पुर्‍याउन नसकेको आरोप लगाउनुभयो । स्रोत- रहस्यखबर ।

Tags: प्रदेस १
Previous Post

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

Next Post

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९
समाचार

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!