dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-16 - Updated on 2025-06-20
in समाचार
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ सुर्के–नाक्चुङ जोड्ने बेलिबृजको उद्धघाटन गरिएको छ ।
आज सोमबार खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बेलिबृजको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले सिल्क हाइड्रोपावर प्रालिसँगको सहकार्यले गाउँपालिकाको विकासमा टेवा पुगेको बताउनुभयो । उहाँले बेलिबृज निर्माणसँगै सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै सिल्क हाइड्रोपावरलाई धन्यवाद दिनुभयो । अध्यक्ष शेर्पाले बेलिबृज सञ्चालनमा आएसँगै स्थानीयलाई आवतजावतमा सहज हुनका साथै हाइड्रोपावरको कामले समेत तीव्रता पाउने उल्लेख गर्नुभयो ।

४६ मिटर लम्बाइ रहेको उक्त बेलिबृज सिल्क हाइड्रोपावर प्रालिले साढे चार करोड लगानीमा ३ महिना अवधिमा निर्माण सम्पन्न गरेको सिल्क हाइड्रोपावरका कन्स्ट्रक्सन म्यानेजर विश्वास पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ चैत्रमा निर्माण सुरु गरिएको बेलिबृजको ज्येष्ठमा निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा आएको हो ।
चार करोड लागतमा सुर्के–दुधकोशी–नाक्चुङ साढे ३ किलोमिटर ट्र्याक ओपन गरिएको सिल्क हाइड्रो प्रालिले जनाएको छ ।
बेलिबृज निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आए पश्चात् नाक्चुङदेखि सुर्के सिधा आवतजावतमा सहज भएको स्थानीय लाक्पा रीन्जी शेर्पाको भनाइ छ ।
२५ मेगावाट क्षमताको सिल्क हाइड्रोपावर प्रालि खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ स्थित लुम्दिङ खोलाबाट विद्युत् उत्पादन गर्ने तयारीमा रहेको सिल्क हाइड्रोपावर प्रालिका अध्यक्ष कुमार खरेलले जानकारी दिनुभयो । विगत २ वर्ष देखि निर्माणको क्रममा रहेको र अबको करिब डेढ वर्षभित्र योजना सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष खरेलको भनाइ छ । सिल्क हाइड्रोपावरले थामडाँडा देखि सुर्केसम्म सडक निर्माणमा सहकार्य गरेको गाउँपालिकाले जनाएको छ ।

Tags: उद्धघाटनखुम्बुबेलिबृज
Previous Post

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

Next Post

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.