dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

क्रमागत रूपमा बजेट विनियोजन गरिएको

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-11 - Updated on 2025-06-16
in समाचार
Share on FacebookShare on Twitter
सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण गरिएको छ । सगरमाथाको प्रवेशद्वारको केन्द्र विन्दुको रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थल नजिकै २ कोर्टको कभर्ड हल खुम्बु पासाङल्हामु गाउँपालिकाले निर्माण गरेको हो ।
कोशी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त आर्थिक लगानीमा वडा नम्बर २ लुक्लामा ब्याडमिन्टन कभर्ड हलको निर्माण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार कभर्ड हल निर्माणका लागि कोशी प्रदेश सभा सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको सहयोगमा विनियोजित २५ लाख र गाउँपालिकाको एक करोड ५३ लाख रुपैयाँ गरी एक करोड ७८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
कभर्ड हल निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ देखि ०८०/०८१ तीन आर्थिक वर्षमा कोशी प्रदेश र गाउँपालिकाबाट क्रमागत रूपमा बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
हिमालयन क्लबको स्वामित्वमा रहेको जग्गामा कोशी प्रदेश र गाउँपालिकाको संयुक्त आर्थिक लगानीमा स्टिल स्ट्रक्चरबाट निर्मित ब्याडमिन्टन कभर्ड हल सञ्चालनका लागि हिमालयन क्लबलाई हस्तान्तरण गरिने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।
पछिल्लो समय ब्याडमिन्टन खेलप्रति रुचि बढ्न थालेको र भावी पुस्ताको आकर्षण बढाउन लुक्ला क्षेत्रमा सुविधा सम्पन्न कर्भड हलको आवश्यकता महसुस गरी निर्माण समेत गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फूर्वा शेर्पाको भनाइ छ । हावा, पानी मात्रै नभएर राती पनि निर्बाध रूपमा खेल्न सकिने वडा अध्यक्ष शेर्पाको भनाइ छ ।
बजेट अभावका साथै ढुवानीमा समस्याका कारण निर्माण कार्यमा चुनौती रहेको लुक्ला टोल विकास संस्थाका अध्यक्ष सोनाम दोर्जि शेर्पाले बताउनुभयो । उहाँका अनुसार हल निर्माणका लागि आवश्यक सम्पूर्ण सामाग्री काठमाडौँदेखि टाक्सिन्दुसम्म गाडीमा र टाक्सिन्दुदेखि लुक्ला सम्म हेलिकप्टरबाट ढुवानी गरिएको थियो ।
सो कभर्ड हलको कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा यहि असार ७ गते औपचारिक रूपमा उद्धघाटन गरिने कार्यक्रय तय भएको छ । उद्धघाटनको अवसरमा आगामी असार ७ र ८ गते जिल्ला स्तरीय खुला पुरुष ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामु गाउँपालिकामा पहिलो ब्याडमिन्टन कभर्ड हलको रूपमा निर्माण गरिएको २ कोटको हलमा नियमानुसार एवं प्रक्रियागत रूपमा सबै इच्छुक खेलाडीहरूले खेल्न पाउने व्यवस्था गरिएको छ ।

—

Tags: कभर्ड हलखुम्बु पासाङल्हामुब्याडमिन्टन
Previous Post

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

Next Post

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

Related Posts

समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11
समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03
समाचार

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28
समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26
समाचार

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती

2025-09-28
समाचार

सुमना श्रेष्ठ गरिन पार्टी परित्याग

2025-09-14

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.