dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

केकी, रीमा लगायतको टिमले ‘डान्स मास्टर लिल चाम्स’ आयोजना गर्दै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-12-08
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौँ । डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ । ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँग सहकार्य गर्दै यो शो निर्माण गर्न लागेको हो ।

यसअघि चलचित्र ‘कोहलपुर एक्सप्रेस’ र कमेडी च्याम्पियन’ निर्देशन गरिसकेका विशाल भण्डारीले निर्देशन गर्नेछन् ।

यस्तै नायिका केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह निर्माताको रुपमा रहनेछन् ।

यस शोमा १३ बर्ष भन्दा कम उमेरका बालबालिकाले मात्र सहभागीता जनाउन पाउने आयोजकले जानकारी दिएका छन् ।

शोको सुपर जजको रुपमा सारंगा श्रेष्ठ रहनेछिन् । यस्तै, निर्णायकहरुमा तेरिया मगर, सुशान्त खत्री, रोहिया महर्जन रहनेछन् । शोको संचालन रीमा विश्वकर्मा र सुमन कोइरालाले गर्नेछन् ।

आफनो प्रतिभा भएपनि राम्रो प्लेटफर्मको खोजीमा नेपालका बालबालिका विदेश पुगिरहेको बेला प्रतिभा भएका बालबालिकालाई अवसर दिने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको निर्देशक विशाल भण्डारीको भनाइ छ ।

रियालिटी शोको विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले १५ र तेश्रो हुनेले नगद १० लाख पाउनेछन् । विजेताले कोरियोग्राफरसँग पाउने पुरस्कारको ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

Previous Post

अवरुद्ध सार्क प्रक्रियालाई गति दिन शिखर सम्मेलन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

Next Post

मोरङमा शिक्षकको घाँटी रेटेर हत्या

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.