dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

अनलाइन डेलिभरी नराेक्न सरकारलाई विवेकशीलको आग्रह

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ – विवेकशील नेपाली दलले निषेधाज्ञाका बेला होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ।

सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन गरिरहेका र महामारीका बखत धेर-थोर रोजगारी सिर्जना गरिरहेका ईकमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुन नहुने विवेकशील नेपाली दलले बताएको छ।

काठमाडौँका विभिन्न स्थानहरूबाट ईकमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरूलाई बिना पक्राउ पुर्जी पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने कार्य गृह मन्त्रालय अन्तर्गतका निकायहरूको मौखिक आदेशमा नेपाल प्रहरीबाट भएको भन्ने खबर प्रति दलले ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ।

कोभिड–१९ को महामारीले नेपालको हरेक क्षेत्र आक्रान्त भइरहेको अवस्थामा ईकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूले निषेधाज्ञाको बेलामा डेलिभरी सेवा सुचारु गर्दै गरेकोमा उनीहरु धन्यवादका पात्र रहेको विवेकशीलले बताएको छ।

‘उहाँहरुको सेवाले घरबाट निस्कन नमिल्ने अवस्थामा पनि खाद्य तथा अन्य आवश्यक उपभोग्य सामानहरू डेलिभरी हुँदा आम नागरिकहरुलाई सहज बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमण कम गर्न, क्वारेन्टिनमा बसेका तथा आवश्यक सेवा प्रदान गरिरहेका तथा कामदारको अभाव लगायत विविध कारणले प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका अन्य सेवा प्रदान गर्नेहरूलाई यस्ता सेवा प्रदायकहरू कति सहयोगी बन्न सक्छन्, त्यो आयामबाट छलफल गर्दै एउटा प्रभावकारी माध्यमको पहिचान गरी सुरुवात गर्नु अबको मार्ग हुन सक्दछ। ’

‘विवेकशील नेपाली दल त्यो माध्यम पहिचान गर्दै ईकमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

Previous Post

पुनर्नियुक्तिको विषयमा गलत प्रचार भयो, लाेडसेडिङ अन्त्य १ जनाकाे प्रयासबाट मात्रै सम्भव थिएन : कुलमान घिसिङ

Next Post

बिनाबिलकाे सामानसहित २ जना पक्राउ

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!