dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

हप्तामा ३८ प्रतिशतले सङ्क्रमितको सङ्ख्या बढ्दै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-31
in समाचार
Share on FacebookShare on Twitter

काठमाण्डौ – पछिल्लो २४ घण्टामा थप एक सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३९ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ६२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म दुई लाख ७७ हजार तीन सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ५९ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७२ हजार सात सय ८६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले १४ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घन्टामा कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार तीस जनाको ज्यान गएको छ ।

यसैबिच गएको एक हप्तामा मात्रै ३८ प्रतिशतले सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले पूर्वतयारीका थप कामहरू थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार कोरोना परीक्षण गर्ने निजी र सरकारी गरी ८४ वटै प्रयोगशालालाई तयारी अवस्थामा राख्ने, आइसोलेशन निर्माणका लागि बजेट उपलब्ध गराउने निर्णय गरिएको छ ।

यस्तै सङ्घ तथा प्रदेश मातहतका अस्पतालसँगै आधारभूत अस्पतालहरूमा पनि कोरोना सङ्क्रमितको उपचार गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

Tags: corona virus
Previous Post

दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै

Next Post

चीनबाट ल्याएको खोप ४० देखि माथिका नागरिकलाई दिने सरकारको तयारी

Related Posts

समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11
समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03
समाचार

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28
समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26
समाचार

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती

2025-09-28
समाचार

सुमना श्रेष्ठ गरिन पार्टी परित्याग

2025-09-14

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.