dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

Dudhkoshi Online by Dudhkoshi Online
अशोज २६, २०७८
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । नवरात्रको सातौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ ।

कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । नवरात्रको सातौं दिन आज पूजा कोठा वा दशैं घरमा फूलपाती पनि भित्राइँदै छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ ।

गत वर्ष बडादशैंमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गरिएको छ ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैं, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

 

Previous Post

सांसद बन्नका लागि स्नातक पास गर्नुपर्ने

Next Post

२०७८ सालको विजयादशमीको शुभकामना ।

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
समाचार

ठ;गी कार्यमा संलग्न २ भारतीय नागरिक प’क्रा’उ

मंसिर २०, २०८१
समाचार

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

मंसिर ६, २०८१
समाचार

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

मंसिर ६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!