dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सांसद बन्नका लागि स्नातक पास गर्नुपर्ने

Dudhkoshi Online by Dudhkoshi Online
अशोज ९, २०७८
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमाले सोलु-काठमाडौं सम्पर्क मंचको सचिवालयको बैठकले सांसद बन्नका लागि स्नातक तहको अध्ययन पुरा गर्नुपर्ने प्रस्ताव पेश गरेको छ । आज काठमाडौंमा बसेको सचिवालयको बैठकले उम्मेद्बारी योग्यताको विषयमा छलफल गर्दा समन्वय प्रमुख र नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि स्नातक तह उतिर्ण साथै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि प्रविणता प्रमाणपत्र तह (कक्षा १२)  उतिर्ण गर्नुपर्ने सुझाव पेश गरेको हो । यस्तै पार्टी परित्याग गरि गएका व्यक्ति पुनः पार्टीमा फर्केकाको हकमा पाँच वर्षसम्म कुनै पनि उमेदवारमा नियुक्ति नगर्ने साथै एकपटक पराजित भएका उमेदवार पुनः अर्को पटक उमेदवार बन्न नपाउने सुझाव पेश गरेको छ । यस्तै, बैठकले पार्टीको लोगो साविकमा प्रयोग गरिएको सूर्य चिन्ह प्रयोग गर्ने साथै जनसंगठन मोर्चालाई समन्वय संयन्त्रलाई हटाएर क्षेत्रगत तथा विषयगत जनसंगठन राख्ने भनिएको छ । यसैगरी, तीन वा तीन भन्दा बढी समान पद सृजना भएको खण्डमा महिला ३३% को व्यवस्था गर्नुपर्ने लगायतको सुझावहरु पेश गरेको छ । नेकपा एमाले केन्द्रीय कार्यालयले नौवटा बुदामा तयार पारेको  विधानका विषयमा छ्लफल गर्दै उक्त सुझावहरु पेश गरिएको नेकपा एमाले सोलु- काठमाडौं सम्पर्क मंचका सचीव आङबाबु राईले जानकारी दिए । सचीव राईका अनुसार चारवटा बुदालाई परिमार्जन साथै थप गरि सुझाव पेश गरिएको छ भने बाकी पाँचवटामा भने  समर्थन रहेको छ । सोलु-काठमाडौं सम्पर्क मंचका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठ, सोलु काठमाडौं सम्पर्क मंचका इन्चार्ज बच्चुनारायण श्रेष्ठ, प्रदेश सम्पर्क कमिटीका सचीव नन्दकुमार राई, नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य दावा तामाङ लगायत सचिवालयका अन्य पदाधिकारीहरुको उपस्तिथिमा सो निर्णयहरु पारित गरिएको मंचले जनाएको छ । सोलु काठमाडौं सम्पर्क मंचका इन्चार्ज बच्चुनारायण श्रेष्ठले बैठकले परिमार्जन गरेका बुदालाई सुझावको रुपमा मात्र नभई कार्यान्वयनका लागि सम्पुर्ण पदाधिकारीलाई विशेष जोड दिनुपर्ने बताउँदै आवस्यक कार्यक्रमको समेत तय गर्नका लागि आग्रह गरेका छन ।

Tags: नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aविधान%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0सचिवालय%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5%e0%a4सम्पर्क मन्च%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e
Previous Post

प्रेमको सहारा वैशाखी अनि आत्मविश्वास

Next Post

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!