dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सांसद बन्नका लागि स्नातक पास गर्नुपर्ने

Dudhkoshi Online by Dudhkoshi Online
2021-09-25 - Updated on 2021-12-29
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमाले सोलु-काठमाडौं सम्पर्क मंचको सचिवालयको बैठकले सांसद बन्नका लागि स्नातक तहको अध्ययन पुरा गर्नुपर्ने प्रस्ताव पेश गरेको छ । आज काठमाडौंमा बसेको सचिवालयको बैठकले उम्मेद्बारी योग्यताको विषयमा छलफल गर्दा समन्वय प्रमुख र नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि स्नातक तह उतिर्ण साथै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि प्रविणता प्रमाणपत्र तह (कक्षा १२)  उतिर्ण गर्नुपर्ने सुझाव पेश गरेको हो । यस्तै पार्टी परित्याग गरि गएका व्यक्ति पुनः पार्टीमा फर्केकाको हकमा पाँच वर्षसम्म कुनै पनि उमेदवारमा नियुक्ति नगर्ने साथै एकपटक पराजित भएका उमेदवार पुनः अर्को पटक उमेदवार बन्न नपाउने सुझाव पेश गरेको छ । यस्तै, बैठकले पार्टीको लोगो साविकमा प्रयोग गरिएको सूर्य चिन्ह प्रयोग गर्ने साथै जनसंगठन मोर्चालाई समन्वय संयन्त्रलाई हटाएर क्षेत्रगत तथा विषयगत जनसंगठन राख्ने भनिएको छ । यसैगरी, तीन वा तीन भन्दा बढी समान पद सृजना भएको खण्डमा महिला ३३% को व्यवस्था गर्नुपर्ने लगायतको सुझावहरु पेश गरेको छ । नेकपा एमाले केन्द्रीय कार्यालयले नौवटा बुदामा तयार पारेको  विधानका विषयमा छ्लफल गर्दै उक्त सुझावहरु पेश गरिएको नेकपा एमाले सोलु- काठमाडौं सम्पर्क मंचका सचीव आङबाबु राईले जानकारी दिए । सचीव राईका अनुसार चारवटा बुदालाई परिमार्जन साथै थप गरि सुझाव पेश गरिएको छ भने बाकी पाँचवटामा भने  समर्थन रहेको छ । सोलु-काठमाडौं सम्पर्क मंचका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठ, सोलु काठमाडौं सम्पर्क मंचका इन्चार्ज बच्चुनारायण श्रेष्ठ, प्रदेश सम्पर्क कमिटीका सचीव नन्दकुमार राई, नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य दावा तामाङ लगायत सचिवालयका अन्य पदाधिकारीहरुको उपस्तिथिमा सो निर्णयहरु पारित गरिएको मंचले जनाएको छ । सोलु काठमाडौं सम्पर्क मंचका इन्चार्ज बच्चुनारायण श्रेष्ठले बैठकले परिमार्जन गरेका बुदालाई सुझावको रुपमा मात्र नभई कार्यान्वयनका लागि सम्पुर्ण पदाधिकारीलाई विशेष जोड दिनुपर्ने बताउँदै आवस्यक कार्यक्रमको समेत तय गर्नका लागि आग्रह गरेका छन ।

Tags: नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aविधान%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0सचिवालय%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5%e0%a4सम्पर्क मन्च%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e
Previous Post

प्रेमको सहारा वैशाखी अनि आत्मविश्वास

Next Post

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.