dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

Dudhkoshi Online by Dudhkoshi Online
2024-12-24
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिको रीत्त सदस्य पदमा ४ जनालाई मनोनयन गरेको छ ।

कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ मा सरकारी अस्पतालको सञ्चालन र व्यवस्थापन समितिको गठन हुने व्यवस्था अनुसार ४ जनालाई मनोनयन गरेको हो ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको गत मङ्सिर २६ गतेको निर्णयअनुसार जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिको सदस्यमा सुजता तामाङ, भानुभक्त उपाध्याय, मानबहादुर कटवाल र थिर बहादुर कार्कीलाई मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षता र अस्पताल प्रमुख सदस्य सचिव रहने गरी १३ जना कार्यसमिति रहने व्यवस्था रहेको छ ।

अस्पताल व्यवस्थापन समिति सदस्यमा सम्बन्धित स्थानीय तहको प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग वाणिज्य सङ्घको जिल्ला प्रमुख, जिल्ला रेडक्रस सोसाइटी प्रमुख, स्थानीय समाजसेवी मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा दुई जना महिला सहित पाँच जना, स्वास्थ्य कार्यालय प्रमुख सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७ अनुसार सो सदस्यहरूको पदावधि ३ वर्षको रहने व्यवस्था छ ।

अस्पतालको सञ्चालन र व्यवस्थापन गर्ने, अस्पतालको सञ्चालन र व्यवस्थापनका लागि आवश्यक साधन र स्रोत जुटाउने, अस्पतालको वार्षिक योजना तथा कार्यक्रम तयार पारी मन्त्रालय समक्ष पेस गर्ने, अस्पतालको भौतिक सम्पत्तिको संरक्षण गर्ने गराउने लगायतका काम कर्तव्य र अधिकार रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सदस्य मनोनीत गरेसँगै अस्पताल सञ्चालन र व्यवस्थापनमा थप टेवा पुग्ने जिल्ला अस्पताल फाप्लुका प्रमुख डा प्रशान्त शाहको भनाइ छ ।

Previous Post

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

Next Post

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.