dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

Dudhkoshi Online by Dudhkoshi Online
2025-03-05
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फागुन १९ गतेदेखि सुरु भएको जिल्ला स्तरीय प्रशिक्षण बुधवार आज सम्पन्न भएको हो ।

जिल्लाका नेता, कार्यकर्ता तथा जनसङ्गठनलाई पार्टीका विषयमा जानकारी दिने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सुरु भएको प्रशिक्षणमा नेकपा एमाले पोलिटब्युरो सदस्य ईश्वरी रिजाल, परशुराम मेघि गुरुङ, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य सिर्जना काफ्ले, किशोर अधिकारी, प्रदेश कमिटी सदस्य बुद्धिकुमार राजभण्डारी, उत्तम कुमार बस्नेत र जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाले प्रशिक्षण गराउनुभएको थियो ।

प्रशिक्षणमा नेकपा एमालेका उपमहासचिव ज्ञवालीले दशौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा, समाजवादको आधार निर्माण, समाजवाद निर्माणमा एमालेको पहल, नेपालमा भएका राजनीतिक पार्टीहरूको अवस्था, अर्थनीति, परराष्टनीति, नवउदारवाद लगायतका विषयमा जानकारी दिनुभयो ।

उपमहासचिव ज्ञवालीले प्रशिक्षणका क्रममा नेकपा एमालेले राष्ट निर्माणमा महत्त्वपूर्ण कार्यहरू गरेको बताउँदै लोककल्याणकारी राज्य निर्माण, संविधान निर्माण, भूकम्प पछिको पुनर्निर्माण, सामाजिक न्याय र सुरक्षा सुशासनमा नेकपा एमालेको नेतृत्वदायी भूमिका रहेको बताउनुभयो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य ईश्वरी रिजालले माक्र्सवादि दृष्टिकोणको विषयमा प्रशिक्षण गराउँदै समाज निर्माणमा दृष्टिकोण, अर्थतन्त्र, समाज र राजनीति अपरिहार्य रहने उल्लेख गर्नुभयो ।

यस्तै परशुराम मेघिले राज्य सञ्चालनमा सङ्घीयता र कार्यान्वयनको अवस्था, संविधान कार्यान्वयनको अवस्था, संविधान कार्यान्वयनका चुनौती र पहलको विषयमा प्रशिक्षण गराउनुभयो । वहाँले संविधान कार्यान्वयनको अवस्थाको विषयमा बताउँदै सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकार भएको एक मात्र देश नेपाल रहेको बताउँदै संसारभर ४० प्रतिशत मुलुकहरू सङ्घीय संरचनामा सञ्चालन भइरहेको बताउनुभयो । तहगत सरकारको अन्तरसम्बन्ध सहअस्तित्व, सहकार्य र समन्वयमा आधारित रहने बताउँदै सङ्घले बनाएको ऐनको आधारमा अथवा मापदण्डमा रहेर प्रदेश र स्थानीय सरकारले नीति बनाउन सक्ने उल्लेख गर्नुभयो ।

संविधान कार्यान्वयनमा भने चुनौती रहेको बताउँदै कार्यान्वयनका लागि थप पहल भइरहेको बताउनुभयो । राजनीतिक आर्थिक सामाजिक र प्रशासनिक रूपान्तरण, सामाजिक आवश्यकताको पहिचान र समाधानकारी उत्पादक शक्तिको विकास लगायतका कार्यमा सुधार कार्य भइरहेको वहाँको भनाइ छ ।

केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन प्रस्तुति, सीप र शैलीको विषयमा प्रशिक्षण गराउनुभएको थियो भने सिर्जना काफलेले पार्टी काममा सूचना प्रविधिको प्रयोगको विषयमा प्रशिक्षण दिनुभयो ।

कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु जिल्लाको सडक विस्तारमा नेकपा एमालेको भूमिका , कोशी प्रदेश सरकारले जिल्लामा गरेको समग्र विकासको अवस्थामा जानकारी गराउनुभयो । यस्तै वहाँले निर्वाचन क्षेत्र ख मा नेकपा एमालेले गरेका कार्यक्रम योजनाको विषयमा समेत जानकारी दिनुभयो ।

कोशी प्रदेशका पूर्व मन्त्री उत्तम कुमार बस्नेतले निर्वाचन क्षेत्र नम्बर क मा भएका पर्यटन, स्वास्थ्य, शिक्षा लगायत समग्र क्षेत्रमा भएका विकास कार्यको विषयमा जानकारी दिनुभयो ।

यस्तै नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जिल्लामा एमालेको इतिहासदेखि वर्तमान अवस्थाको विषयमा जानकारी दिनुभयो ।

सहभागीको तर्फबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासाङ कटवाल र सचिवालय सदस्य लक्ष्मी कार्कीले केन्द्रीय स्तरको प्रशिक्षकहरूबाट प्रशिक्षण लिन पाएको बताउँदै खुसी व्यक्त गर्नुभयो । सहभागीहरूले पार्टीको सिद्धान्तको विषयमा स्पष्ट हुन पाएको बताउँदै पार्टी निर्माण र पार्टीमा सक्रियताको रूपमा काम गर्न प्रशिक्षणले प्रदान गरेको बताएका छन् ।

प्रशिक्षणमा सहभागी १ सय १५ जनालाई प्रमाण पत्र प्रदान गरिएको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सचिव कल्पना राईले जानकारी दिनुभयो ।

Tags: नेकपा एमालेप्रशिक्षण
Previous Post

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

Next Post

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.