dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

Dudhkoshi Online by Dudhkoshi Online
2025-03-06
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

फाप्लु विमानस्थलमा रिफ्यूलिङ सेन्टर स्थापना अन्तिम चरणमा पुगेको छ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा पर्यटकीय मौसममा फाप्लु विमानस्थलबाट नियमित हवाई उडान गर्न नेपाल आयल निगमको रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य अगाडि बढेको हो ।

निगमको प्राविधिक टोलीले आज बिहीबार फाप्लु विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा नेपाल सरकारका रक्षामन्त्री मानवीर राईका प्रमुख स्वकीयसचिव बच्चुनारायण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, नेकपा (एमाले) सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला लगायतले फाप्लुमा रिफ्युलिङ्ग सेन्टर सञ्चालनका लागि सबै क्षेत्रबाट पहल गरिने बताउनुभयो।

संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा पहिचान स्थापित गरेको सगरमाथा क्षेत्रको पर्यटकको चापलाई मध्यनजर गरी नेपाल सरकारको रक्षामन्त्री मानवीर राईको विशेष अनुरोध र नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको समन्वयमा नेपाल आयल निगमले फाप्लु विमानस्थलमा रिफ्यूलिङ सेन्टर स्थापनाका लागि प्राविधिक टोली फाप्लु विमानस्थलको निरीक्षणका लागि खटाएको हो ।

पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्था र आन्तरिक विमान सञ्चालक कम्पनीहरू लगायत वायुसेवा सञ्चालक सङ्घ समेतको माग रहेको उक्त रिफ्यूलिङ सेन्टर स्थापना आगामी पर्यटकीय मौसम वसन्त ऋतुबाट नै गर्नका लागि सबै क्षेत्रले समन्वय गरिरहेको जानकारी नेपाल आयल निगमका प्रतिनिधि जगदीश यादवले जानकारी दिनुभयो ।

फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना भएपश्चात् हालसम्म रामेछापको मन्थली विमानस्थलबाट पर्यटनको मौसममा हुने आन्तरिक हवाई उडानमा मौसमको कारणले भइरहेको समस्या समाधान हुने मात्र हैन दूरी र खराब मौसमको कारणले गर्दा हवाई उडानमा हुने अवरोधले गर्दा लुक्ला विमानस्थलमा अड्किने ठुलो सङ्ख्याको पर्यटकलाई छोटो दूरी र समयमा फाप्लु विमानस्थलमा अवतरण गराउन सकिनेछ ।

Tags: रिफ्यूलिङ सेन्टरसगरमाथा क्षेत्र
Previous Post

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

Next Post

खुम्बुको लापाको खाका तयार, आगामी बजेटमा सम्बोधन गर्ने पालिका अध्यक्ष शेर्पाको प्रतिबद्धता

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.