dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बुको लापाको खाका तयार, आगामी बजेटमा सम्बोधन गर्ने पालिका अध्यक्ष शेर्पाको प्रतिबद्धता

खुम्बु पासाङल्हामु गाउँपालिकाको लैङ्गिक तथा सामाजिक समावेशिता उत्तरदायी स्थानीय अनुकूलन कार्य योजनाको ( LAPA) खाका तयार

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-07 - Updated on 2025-06-20
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको लैङ्गिक तथा सामाजिक समावेशिता उत्तरदायी स्थानीय अनुकूलन कार्य योजनाको ( LAPA) खाका तयार भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका र युएनडिपी नेपालको आर्थिक सहयोगमा हिमालयन ट्रस्ट नेपालले सो खाका तयार पारेको हो ।
हिमालयन ट्रस्ट नेपालका प्राविधिक परामर्शदाता डा. पासाङ याङजि शेर्पाले तयार पार्नुभएको खाकालाई आज काठमाडौँमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर पर्ने तथा जोखिम रहेको गाउँपालिका खुम्बु पासाङल्हामु गाउँपालिकाले स्थानीय तथा सरोकारवालाहरूसँग बहस तथा छलफलको आधारमा सो खाका तयार पारीएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको ५ वटै वडामा स्थानीय स्तरमा ७ वटा समूहगत छलफलबाट सुझाव तथा जानकारी सङ्कलन गरी खाका तयार पारिएको खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनका कारण स्थानीयले परम्परागत रूपमा भोगेको समस्या, महसुस तथा परिवर्तन साथै प्रविधिगत विकाससँगै जलवायु परिवर्तनका असरबारे बहस तथा छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बजेटमा सम्बोधन गर्नका साथै निरन्तर रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले संवैधानिक एवम् कानुनी उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्नका साथै राज्यले अन्तर्राष्ट्रियता गरेका प्रतिबद्धता कार्यान्वयन गर्न गाउँपालिका अग्रसर रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष शेर्पाले जलवायु परिवर्तन न्यूनीकरणका लागि गाउँपालिकाले जोड दिएको बताउँदै यस कार्यक्रमलाई सार्थक बनाउन सबै सरोकारवालाको उत्तिकै योगदान रहने बताउनुभयो ।  युएनडिपी नेपालका कार्यक्रम विश्लेषक दीपक केसीले जलवायु परिवर्तनका कारण राज्यले निकै ठुलो चुनौती भोगिरहेको स्मरण गराउँदै तयार पारिएको दस्ताबेजलाई कार्यान्वयनमा जोड दिन अनुरोध गर्नुभयो । हिमालयन ट्रस्ट नेपालका कार्यकारी निर्देशक डा. मिङमा नोर्बु शेर्पाले जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा वृक्षारोपण कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।
जलवायु परिवर्तनलाई सम्बोधन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्दताहरुलाई स्थानीय करण गर्नमा जोड दिने खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो । कार्यक्रममा उपस्थित खुम्बुका स्थानीयहरूले जलवायुन्यूनीकरण सम्बन्धी यो कार्यक्रम निकै प्रभावकारी हुने बताउँदै आगामी नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।

Tags: खुम्बुलापा
Previous Post

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

Next Post

सगरमाथा राष्ट्रिय निकुञ्जद्धारा १४ करोड बढि राजश्व संकलन

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.