dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

जेन–जी आन्दोलनमा भएको घटनाप्रति प्रधानमन्त्री ओली दुखी, छानबिन समिति गठन हुने घोषणा

Dudhkoshi Online by Dudhkoshi Online
2025-09-09
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको आजको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिमा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले यसलाई ‘अत्यन्तै मर्माहत बनाउने घटना’ भनेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार जेन–जी पुस्ताको मागप्रति संवेदनशील रहेको स्पष्ट पार्दै भने, “हामी मागलाई सुन्दै थियौं, तर घुसपैठीयाहरुले संवैधानिक संस्थाहरुका कार्यालयमा तोडफोड र आगजनी गरेपछि राज्यको सम्पत्ति जोगाउन बाध्य भएर सरकार कारबाहीमा उत्रियो।”

उनका अनुसार प्रदर्शनका आयोजक स्वयंले प्रदर्शन सफल भएको भन्दै आह्वान फिर्ता गरिसकेपछि मात्र तोडफोड र आगजनी गर्ने गतिविधि भएका थिए ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालसम्बन्धी विवादमा सरकारको कुनै पनि बेला सामाजिक सञ्जाल बन्द गर्ने नीति नरहेको दोहोर्‍याए । उनले सर्वोच्च अदालतको आदेशअनुसार दर्ता र सूचिकरणपछि मात्र सञ्चालन गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको बताउँदै भने, “हामी रोक्ने पक्षमा होइनौं, व्यवस्थित गर्ने पक्षमा हौं । सूचिकरण हुनासाथ सामाजिक सञ्जाल सञ्चालन हुनेछ ।”

आजको घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले मृतक परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था हुने घोषणा गरे । साथै, सम्पूर्ण घटनाक्रम, क्षति र कारणको छानबिन गरी आगामी दिनमा यस्ता दुर्घटना रोक्न सिफारिससहित १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने विश्वास दिलाए ।

Previous Post

एमाले विधान संशोध प्रस्तावः ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइने

Next Post

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.